काठमाडाैँ – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रिय कार्य समितीको बैठक भर्खरै सकिएको छ । काग्रेस केन्द्रिय कार्यसमितको बैठकले गरेको विभिन्न निर्णयका कारण राजनितीलेनै नयाँ कोर्ष लिने होकी भन्ने आशंका र अनुमानहरु पनि सुरु भएका छन् ।
काग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन सकिएको आधा बर्ष भएको छ । सभापतीमा निर्वाचित भएका शेरबहादुर देउवाको परामा कुनै परिवर्तन नभएको पुरानै पारा देखाइरहेको भनेर पनि आलोचना हुने गरेको छ । यस विचमा देखिएको केहि दृश्यले काग्रेसमा नयाँ गुट जन्मिएको चर्चा पनि चल्न थालेको छ । जसले सभापती शेरबहादुर देउवा र अर्को गुटको नेतृत्व गरिरहेका शेखर कोइरालालाई पनि झस्काएको छ ।
काग्रेस भित्र पछिल्लो समय महामन्त्री द्धय गगन थापा र विश्वप्रकाश शर्माको बाक्लो हिमचिमले धेरैको कान ठाडो भएको छ । नयाँ पुस्ताका उदयमान नेताका रुपमा उदाइरहेका गगन र विश्वप्रकाशको कुरा मिल्न थाल्नु र हिमचिम धेरै बढे पछि देउवा र कोइराला दुवै गुटका नेताहरु सशंकित बनेका छन् ।
गगन र विश्व मिलेर काग्रेसमा नयाँ गुट जन्मिएको चर्चा छ । १४ आँै महाधिवेशनमा भारी मतका साथ महामन्त्रीमा निर्वाचित भएका गगन र विश्व पछिल्लो समय निकै नजिक भएको छन् । उनीहरुका एजेण्डा र कुराकानी मिल्न थालेका छन् । यत्ती सम्मकी गगन थापाले आफुलाई आगामी निर्वाचन पछि प्रधानमन्त्रीको उमेदवारका रुपमा प्रस्तुत गरे जसलाई विश्वप्रकाशले तुरुन्त समर्थन गरे ।
राजनितीमा गगन थापा भन्दा विश्वप्रकाश शर्मा सिनियर हुन् तर संसदीय फाँटको जिम्मेवारीका हिसाबले गगन सिनियर देखिएका छन्। विश्वप्रकाश आज सम्म पनि सांसद बन्न पाएका छैनन् भने गगन थापा तीन पटक सांसद र एक पटक मन्त्री भइसकेका छन् । गगनले अब चुनाव पछि प्रधानमन्त्रीको रुपमा आफुलाई अघि सारे पछि विश्वप्रकाशले तुरुन्त समर्थन गरेका थिए ।
अहिले सम्म गगन थापाले म प्रधानमन्त्रीको उमेदवार बन्छु भन्दा काग्रेसका कसैले पनि समर्थनमा बोलेका छैनन् तर विश्वप्रकाशले भने गगन प्रधानमन्त्रीको उमेदवार बनेमा आफुले पुराका पुरा साथ दिने र प्रस्तावकनै बन्ने घोषणा गरेका छन् । दुई फरक फरक गुटबाट काग्रेसको महामन्त्री बनेका गगन र विश्वको दुनिँयाले बुझ्ने गरीनै दोस्ती बढेको छ ।
१४ औँ महाधिवेशनमा गगन थापा शेखर कोइराला गुटबाट र विश्वप्रकाश शर्मा प्रकाशमानसिंह गुटबाट महामन्त्रीमा बिजयी भएका थिए । त्यसो त काग्रेस महाधिवेशनको म्यान्डेट गगन र विश्व मिलुन् भन्ने खालकै थियो किनभने उनीहरुले गुटको दायरा भन्दा धेरै मत प्राप्त गरेका थिए ।
गगन र विश्वप्रकाश मिलेकै कारण हालै सम्पन्न काग्रेसको केन्द्रिय कार्य समितको बैठकमा सभापती देउवाले चाहे जस्तो मात्रै एकलौटी निर्णय हुन पाएन । निर्णय प्रक्रियामा गगन र विश्वप्रकाशनै हाबी भएका थिए । उनीहरुले पार्टी भित्र आफ्नो प्रभाव बढाउँदै लगेका छन् ।
गगन थापाले आफुलाई प्रधानमन्त्रीको उमेदवारको रुपमा अघि सारेको कुरा शेखर कोइराला सहित शेखर टिमकै मान्छेलाई फिटिक्कै मन परेको छैन । शेखर कोइरालाले पनि गगन थापालाई काउन्टर दिँदै आफुलाई प्रधानमन्त्रीको रुपमा अघि सारेका छन् ।
गगन थापा र विश्वप्रकाश मिलेर काग्रेसमा नयाँ गुट बन्न लागेको र युवाहरुले आगामी महाधिवेशनमा निर्णायक हस्तक्षेप गर्ने गरि लामो समय सम्मकै डिजाइन हेरेर अघि बढ्न खोजेको चर्चा चलेको छ । गगन थापा प्रधानमन्त्री भएमा उनको समर्थनमा १५ औँ महाधिवेशनमा विश्वप्रकाश शर्मा पार्टी सभापती बन्ने सम्मको अड्कल बाजी चल्न थालेको छ ।