काठमाडौँ – रुस र युक्रेनकोबिचमा चरम युद्ध चलिरहेको बेला युक्रेन रसियाले मिरर डीलु समझौतामा हस्ताक्षर गरेका छन्। यो सम्झौताले किभबाट कालो सागर हुँदै अन्नको निर्यात पुनः सुरु गर्न अनुमति दिनेछ। यसले लाखौं टन अन्न निर्यात गर्न अनुमति दिनेछ, जुन हाल युक्रेनमा युद्धका कारण अड्किएको थियो ।
रूसले फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि युक्रेनी अन्न अभावले विश्वका लाखौं मानिसलाई भोकमरीको जोखिममा पारेको थियो ।टर्कीको इस्तानबुलमा भएको हस्ताक्षर समारोहमा दुवै पक्ष सहभागी भएका थिए। दुबै सहभागी भए पनि एउटै टेबलमा भने बसेका थिएनन्। सुरुमा रुसका रक्षामन्त्री सर्गेई शोइगुले मस्को सम्झौतामा हस्ताक्षर गरे ।
त्यसपछि युक्रेनका पूर्वाधारमन्त्री ओलेक्सान्डर कुब्राकोभले कीभ सम्झौतामा हस्ताक्षर गरे।
दुई महिनाको प्रयासमा भएको यो सम्झौता ४ महिनाको लागि तय गरिएको छ। इस्तानबुलमा एक समन्वय र अनुगमन केन्द्र स्थापना गरिनेछ, जसमा संयुक्त राष्ट्र ९यूएन०, टर्की, रुसी र युक्रेनी अधिकारीहरू हुनेछन्। दुवै पक्ष सहमत भए यो सम्झौता नवीकरण गर्न सकिने छ।
युक्रेनमा उत्पादन हुने खाद्यान्न निर्यात रोकिएपछि विश्वव्यापी खाद्य संकट आएको छ। यसको कारण रोटी र पास्ता जस्ता गहुँमा आधारित उत्पादन महंगिएको छ। खाना पकाउने तेलको मूल्य पनि आकाशिएको छ । मलको मूल्य निरन्तर बढिरहेको छ। युक्रेन सामान्यतया विश्वको चौथो ठूलो अन्न निर्यातकर्ता हो।
यसले सामान्यतया विश्वको सूर्यमुखी तेलको ४२५ युक्रेन र रसियाले, मकैको १६५ र गहुँको ९५ उत्पादन गर्छ।