शनिबार, असोज १० २०८३
ताजा अपडेट

प्रदिप ज्ञवालीको तरकारी काण्डले संसदमा पनि पिट्यो तहल्का !


  • बिहिबार, साउन ५ २०७९
8.6K
SHARES

काठमाडौ – प्रतिनिधि सभाको आजको बैठकमा प्रदिप ज्ञवालीलेको तरकारी काण्डले प्रवेश पाएको छ। प्रदिप ज्ञवालीले आफूले सार्वजनिक रुपमा राखेको दुईथरी तरकारीको विषयमा स्पष्ठिकरण दिन थालेपछि आजको प्रतिनिधीसभा बैठकमा प्रवेश पाएको हो ।

प्रतिनिधिसभामा बोल्दै उनले अमेरिकामा खाना खाइरहेको फोटो राखेर ट्रोल गरियो। त्यसो गरेर उहाँहरूको भान्सा सस्तो हुन्छ भने मेरो शुभकामना छ । सस्तो होस्, ज्ञवालीले संसदमा यसरी स्पष्ठिकरण दिए ।

सत्तारुढ दलका साथीहरू मुल्य बृद्धिको कुरा उठाउनेलाई फोटोशप गरेर हुन्छ कि के गरेर हुन्छ ‘ट्रोल’ बनाउने तिर लागेछन् । बैठकमा ज्ञवालीले भने, मैले पनि यो विषय उठाएको थिए ।

थेग्नै नसक्ने महंगी बढ्दा पनि सरकार मुकदर्शक बनेको उनको भनाइ छ । ज्ञवालीले भने, तपाईँहरूले विषयान्तर गरेर अचाक्ली बढेको महँगी नियन्त्रण हुन्छ ?

ज्ञवालीले पटक–पटक मन्त्री भइसकेको र सांसद बनीसकेको आफूलाई दुईथरी तरकारी खान गाह्रो परेका वेला न्यून आय भएकाहरूको अवस्था के होला भन्ने धारणा राखेका थिए । उनको भिडिओलाई सामाजिक सञ्जालमा ‘ट्रोल’ गरिएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा