काठमाडौं – सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा: बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
आज बिहान ललितपुरको हात्तीवनस्थित प्रचण्डनिकट एक व्यक्तिको घरमा करिब दुई घण्टा छलफल भएको डा: भट्टराईको सचिवालयले जनाएको छ । उनीहरूबीच बिहान ९ बजेदेखि भेटवार्ता भएको थियो ।
पार्टी एकता गरेर समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको बताइएको छ । डा. भट्टराईले एकता गरेर समाजवादी केन्द्र बनाउनु पर्नेमा जोड दिँदै आएका छन् ।
प्रचण्डका स्वकिय सचिव रमेश मल्लले केही दिनदेखि डा. भट्टराई लगायतका नेतासँग निरन्तर भेटघाट भइरहेको र यही क्रममा बुधबार बिहान पनि डा. भट्टराईसँग भेट भएको बताए ।
यसअघि उनीहरुबीच गत मंगलबार सिंहदरबार स्थिति नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा छलफल भएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।