शनिबार, साउन ९ २०८३
ताजा अपडेट

जेलेन्स्कीकी श्रीमती यस्तो प्रस्ताव लिएर अमेरिका पुगिन्, तान्यो विश्वको ध्यान !


  • बुधबार, साउन ४ २०७९
11.1K
SHARES

काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्का युद्धकै बिचमा अचानक अमेरिका पुगेकी छिन् । रुस र युक्रेनको बिचमा चरम युद्ध चलिरहेको बेला उनको अमेरिका भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उच्चस्तरीय बैठक र कंग्रेसलाई सम्बोधन गर्न अमेरिकाको भ्रमणमा गएकी भनिएतापनी युक्रेनले अमेरिकाबाट थप सैन्य सहयोग र राजनीतिक सहयोगको याचना गर्न गएको भन्ने चर्चा हुन थालेको छ ।

यद्द्पी चार महिनाअघि भोलोडिमिर जेलेन्स्की आफैंले अमेरिकी संसदलाई भर्चुअल सम्बोधन गरेका थिए ।

ह्वाइट हाउसका अनुसार, ओलेना जेलेन्स्काले सोमबार विदेश सचिव एन्टोनी ब्लिन्केनसँग र मंगलबार राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरिन् भेटमा के के कुराकानी भयो भन्ने नखुलाइएपनी सैन्य सहयोग र राजनीतिक सहयोगको याचना गरेको भन्ने अनुमान हुन् थालेको छ।

बाइडेनले यसअघि मे महिनामा युक्रेनको भ्रमण गरेका थिए ।

ओलेनाले पनि अमेरिकी संसदमा सांसदहरुलाई पनि सम्बोधनगर्ने कार्यक्रम रहेको बुझिएको छ । उनीससँग युक्रेनको सरकारमा कुनै आधिकारिक विभाग छैन तर युक्रेनमा रुसले युद्ध सुरु गरेको करिब पाँच महिना भइसकेको छ ।

यस्तो अवस्थामा युक्रेनले अमेरिकाबाट थप सैन्य सहयोग र राजनीतिक सहयोग चाहन्छ ।

कांग्रेसले युक्रेनलाई करिब ४० अर्ब डलरको सहायता स्वीकृत गरिसकेको छ, जुन सेप्टेम्बरको अन्त्यसम्ममा पूर्ण रूपमा प्रदान गरिनेछ ।

ओलेना जेलेन्स्काले युएस एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्टकी प्रमुख सामन्था पावरसँग पनि भेट गरेकी छन् । एजेन्सीले युक्रेनी सरकारलाई र मानवीय आवश्यकताहरूको लागि अरबौं डलर दिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा