शनिबार, असोज १० २०८३
ताजा अपडेट

दिल्लीबाट फर्किए लगत्तै प्रचण्डको यस्तो घोषणाले देउवालाई भयो निल्नु न ओकेल्नु !


  • सोमबार, साउन २ २०७९
7.5K
SHARES

फाइल तस्विर

काठमाडाैँ – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड इण्डिया भ्रमणबाट हिजो साँझ फर्किएका छन् । प्रचण्ड फर्किए लगतै आएको उनको अभिव्यक्तिले प्रधानमन्त्री शेरबहादुर देउवालाई निल्नु न ओकेल्नुको अबस्था सिर्जना हुने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्कालिन अवस्थामा केपी ओलीसँग जे बिषयमा पनि बाराबार गर्दै अन्तिममा आएर पार्टीनै बिभाजन हुने स्थितिमा पुगेको थियो उनले देउवासँग पनि त्यहि बिषयमा भाडभैलो गर्ने सम्भावना देखिएपछि देउवालाई निल्नु न ओकेल्नुको अबस्था सिर्जना हुने भएको हो।

ओलीसंग संयुक्त पार्टी हुदा केपी ओली प्रधानमन्त्री हुने वित्तिकै इण्डीया पुगेर प्रचण्डले ओली र आफुविच आलोपालो प्रधानमन्त्री बन्ने सहमती भएको खुलासा गरेका थिए । भर्खरै शक्तिशाली सरकार बनेको अवस्थामा प्रचण्डको त्यहि खुलासाले केपी ओली असाध्यै रिसाएका थिए । त्यहि प्रकरण बढ्दै पार्टी विभाजनसम्मै पुगेको थियो अहिले प्रचण्डले देउवासँग पनि त्यस्तै निहुँ खोज्न थालेका छन् ।

भ्रमणका क्रममा भारतमै रहेका बेला प्रचण्डले एक राष्ट्रिय दैनिकलाई अन्तवार्ता दिँदै अब गठबन्धन गर्दा आलोपालो प्रधानमन्त्री बन्ने गरि मात्रै हुन सक्ने समेत बताएका थिए । आफ्नो चाहना यहि गठबन्धन चुनाव सम्मै जाओस् भन्ने रहेको भए पनि उनले पावर सेयरिङको कुरा अघि सारेका हुन् ।

आलोपालो प्रधानमन्त्री बन्ने गरि गठबन्धन गरिने स्पष्ट संकेत गर्दै प्रचण्डले अहिले यो बिषयमा डिलेट कुरा नभए पनि उपयुक्त समयमा सबै कुरा हुनेनै छ भनेका छन् । प्रचण्डको भनाइको आसय पावर सेयरिङको कुरा मिले पछि मात्रै काग्रेससँग गठबन्धन हुने छ । उनले आफुलाई वेटिङ प्राइमिनिस्टरको रुपमा पनि अघि सारेका छन् ।

गठबन्धनबाट एक पटक शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री बनाउनुभयो । अब पालो फेरिन्छ र ? भन्ने प्रश्नमा प्रचण्डले भनेका छन् यस विषयमा ठोस या मूर्त रूपमा चर्चा गरेका छैनौं । तर मैले बुझेको चाहिँ प्रधानमन्त्री देउवाजी यस विषयमा लचिलो हुनुहुन्छ । सकारात्मक हुनुहुन्छ ।

पावर सेयरिङको विषयमा उहाँ कहिलेकहीं मिलेरै जाने हो, मिलेरै गर्ने हो भन्नुहुन्छ । तर हामी ठोस रूपमा प्रवेश गरेका छैनौं । मैले यसलाई धेरै ठूलो समस्या देखेको छैन । मैले प्रधानमन्त्री नै चाहने हो भने त अहिले नै अफरहरू पनि प्राप्त छन् ठाउँठाउँबाट । तर, म प्रधानमन्त्री हुनु मुख्य कुरा होइन, संविधान लोकतन्त्रको रक्षा, निर्वाचन सम्पन्न गर्ने र नेपाली जनताको विकासको चाहना, छिमेकी र विदेशी राष्ट्रसँग राम्रो सम्बन्ध बनाउने कुरा मुख्य हो भने मलाई लागेको छ ।

आगामी चुनावमा यही गठबन्धन कायम भयो र गठबन्धनले बहुमत ल्यायो भने तपाईं, शेरबहदुर देउवा वा माधव नेपालबीच आलोपालो प्रधानमन्त्री हुने सहमति बन्न लागेको हो रु भन्ने प्रश्मा उनको जवाफ छ अहिले त्यसबारे चर्चा गरिएको छैन । तर, यो विषयमा पनि एउटा बिन्दुमा पक्कै छलफल हुन्छ भन्ने मलाई विश्वास छ ।

तपाईं ‘वेटिङ प्रधानमन्त्री’ का रूपमा पनि चर्चामा हुनुहुन्छ । त्यसका लागि कतै न कतै सकारात्मक वातावरण बनाउन तपाईंको भारत भ्रमण भएको त होइन ? भन्ने प्रश्नको जवाफ प्रचण्डले यसरी दिएका छन्

मेरो भारत भ्रमणलाई त्यसरी नै भन्नु उचित हुँदैन । र, त्यो होइन पनि । हुन त, म ‘वेटिङ प्रधानमन्त्री’ हुन थालेको धेरै वर्ष भइसक्यो । म वेटिङ, वेटिङ, वेटिङ, वेटिङ जस्तो भइराख्या छ । त्यो वेटिङ फेरि मेरो आफ्नै कारणले हो । मलाई चाहिएन भन्ने नै गर्‍या छु मैले । किनभने लोकतन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयनको वातावरण र जनताको आकांक्षाअनुसार विकास निर्माणको गतिविधि होस् भन्नेतिर मेरो ध्यान छ । मानिसले ‘वेटिङ प्रधानमन्त्री’ भन्छन् । तर, त्यसबारेमा मैले धेरै सोच्नुपर्ने ठानेको छैन ।

प्रचण्डले तत्काल अहिलेको गठबन्धन भत्किएर अर्को गठबन्धन बन्ने सम्भावना नभएको पनि बताएका छन् । गठबन्धन नगरे फेरी पनि प्रतिगमनको सम्भावना रहेको भन्दै एमालेलाई हराउँनका लागी भए पनि गठबन्धन गर्नु पर्ने बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा