टोकियो/जापान । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको गोली हानी हत्या गर्ने संदिग्ध यामागामी तेचुयाको आमाले युनिफिकेसन चर्च भनेर चिनिने धार्मिक समूहलाई १० करोज येन जति दान गरेको सत्य भएको जापानी समाचार माध्यमहरु खबर छापेका छन् ।
आबेको हत्या गर्ने ४१ वर्षिया यामागामीले प्रहरी अनुसन्धानमा दिएको बयानमा कुनै राजनीतिक कारण नभई, एक धार्मिक समूहसंग आफ्नो असहमती रहेको र त्यस समूहमा आवे पनि रहेको भन्ने लागेकाले हत्या गरेको बताएका थिए । र उक्त धार्मिक समूहलाई उसको आमाले आफु टाट पल्टिने गरि सबै सम्पत्ती दान गरेको पनि उल्लेख गरेका थिए ।
यामागामीले बयानमा भनेका थिए – “एक धार्मिक समूहका कारणर मेरी आमा टाट पल्टिईन्, त्यसैले त्यो समूहसंग मलाई बिमती थियो, मैले त्यो समूहको ” नेता मोलोटोभ ककटेललाई पनि आक्रमण गर्ने प्रयास गरेको थिएँ।”
उक्त धार्मिक समूहको स्थापना दक्षिण कोरियामा सन् १९५४ मा रेभ। सन म्युङ मुनद्वारा विश्व ईसाई धर्मको एकीकरणका लागि पवित्र आत्मा संघको रूपमा भएको थियो। मुन र उनकी श्रीमती हक जा हान मुनले नेताको रूपमा यस संस्थामा सेवा गरे। सन् २०१२ मा उनिहरुको मृत्यु भयो ।उक्त धार्मिक समूहलाई, विश्व शान्ति र एकीकरणका लागि परिवार महासंघ पनि भनिन्छ ।
जापान शाखाले सन २०१५ देखि यो नाम प्रयोग गरेको देखिन्छ । जापान शाखाले भन्यो कि यामागामीको आमा उक्त समूहमा आवद्द थिईन्, तर यो समूहले उनले कति दान दिईन भनेर घोषणा गर्नु उचित नभएको बताए।
जापानी संचार माध्यमहरुले प्रकाशन गरेको खबरहरु अनुसार,उनले दिएको बयान धेरै हदसम्म सत्यको नजिक पुगेको छ । यद्यपी, यति मात्रै कारण हुनैनसक्ने अनुमान सहित थप अनुसन्धान भईरहेको छ।यस घटनामा संलग्नहरुलाई कुनै पनि हालतमा माफी दिन नसक्ने प्रधानमन्त्री किशिदाको अडान रहेको छ । एजेन्सी