शनिबार, असोज १० २०८३
ताजा अपडेट

ई–स्पोर्टस विरुद्ध बोल्नेलाई बालेनले दिए कडा जवाफ


  • बिहिबार, असार ३० २०७९
7.6K
SHARES

फाइल तस्विर

काठमाडौं—काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले ई–स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमूक संस्थाका लागि नभएको दिएका छन् ।

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यो आधुनिक विश्वमा ई-स्पोर्टस खर्बौंको आर्थिक योगदान गर्ने विधा भएको दाबी गरेका छन् ।

‘ई–स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन । आधुनिक विश्वमा ई–स्पोर्टस खर्बौको आर्थिक योगदान गर्ने बिधा हो । नेपालमा पनि यसको व्यावसायिक पाटो बढ्दैछ भने यही वर्ष हुने एसियाली खेलमा ई–स्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई-स्पोर्टसका खेलाडीहरुले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो ।

कानुनले तोकिएबमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ । फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन । साथसाथै, यो विषयलाई लिएर अतिरञ्जित र अनैतिक रुपमा मेरो नाम जोडिएका समाचारहरुको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गर्दछु,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।

बालेनले ई–स्पोर्टसका नाममा ‘रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेललाई फाइदा हुने गरी एक करोड बजेट छुट्याएको चर्चा चलेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा