काठमाडौँ – बुद्ध एयरको लापरबाहीले बुद्ध एअर चढ्नै नहुने भएको छ । बुधबार काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरमा आजपनी यात्रुले जहाज भित्रै चुरोट सल्काएर तान्न थालेपछि उक्त जहाज चढ्नै नहुने भएको हो ।
जहाजभित्र आगोजन्य बस्तु र मध्यपान निषेध भएपनी बुद्ध एयरको लापरवाहीका कारण यस्ता घटनाहरु घट्दै आएका छन्। यसरि जहाजभित्र गरिएको हर्कत एकदम डरलाग्दो हर्कत हो यसले ठुलो दुर्घटना निम्त्याउने भन्दै बुद्ध एयरको आलोचना हुन् थालेको छ।
बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार उडान नं २५३ बाट अपरान्ह धनगढी उडेको जहाजको सीट नं ‘११ ए’मा बसेका एक यात्रुले शौचालय छिरेर चुरोट तानेका थिए । त्यसपछि उनलाई उडानमा खटिएका कर्मचारीले उडान अवधिभर निगरानीमा राखेका थिए ।
धनगढी अवतरण भइसकेपछि उनलाई धनगढी प्रहरीको जिम्मा लगाइएको कर्णले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कैलाली टीकापुर नगरपालिकाका अन्दाजी २८ वर्षीय नारायण उपाध्यायलाई पक्राउ गरि अनुसन्धान भइरहेको जनाएको छ ।
जहाजमा सलाई, लाइटरसहितका प्रज्वलनशील वस्तु साथमा लैजान पाइँदैन । साथै चुरोट तान्न निषेध गरिएको छ । यात्रुबाट भएको गम्भीर लापरबाहीमा विमानस्थल सुरक्षामा खटिएका प्रहरीको समेत कमजोरी देखिएको छ । यस्तो वस्तु यात्रुको साथमा हुँदा दुर्घटनासम्मको जोखिम हुन्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।