काठमाडौं – श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेपछि छिमेकी भारत प्रत्यक्ष फिल्डमा उत्रिएको छ । श्रीलंकास्थित भारतीय उच्चायोगले एक विज्ञप्ति जारी गर्दै प्रत्यक्ष हस्तक्षप गरेको हो।
भारतले गोटाबाया राजपक्षे र पूर्व वित्त मंत्री बासिल राजपक्षेलाई देश बाहिर पठाउन सहयोग गरेको छ । आफ्ना छिमेकी देशहरुमा हस्तक्षप गर्दै आफ्नो प्रमुत्व जमाउँदै आएको छ । यो पटक पनि प्रत्यक्ष हस्तक्षप भएको भन्दै विश्वभर भारतको चर्का विरोध भएको छ ।
विरोध भएपछि भारतले यसमा आफ्नो संलग्नता नरहेको जनाएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत जारी गरिएको विज्ञप्तिमा श्रीलंका स्थित उच्चायोगले गोटाबाया राजपक्षे र पूर्व वित्त मंत्री बासिल राजपक्षेलाई देश बाहिर पठाउन सहयोग नगरेको बताएको छ ।
भारतले सहयोग गरेको भन्दै सार्वजनिक भएका समाचारहरुको खण्डन गर्दै उसले श्रीलंकाका मानिसलाई समर्थन गर्ने कुरा दोहोराएको छ। गएराती भारी बिरोध–प्रदर्शनका बीच राष्ट्रपति गोटाबाया सैन्य जेटमार्फत देश छाडेर भागेका थिए ।
७३ वर्षका गोटाबाया राजपक्षे मालदिभ्सको राजधानी मालेमा बुधबार स्थानीय समय अनुसार तीन बजे पुगेको बीबीसीले जनाएको छ। गोटाबायाले यस अघि बुधबार अर्थात १३ जुलाईमा राजीनामा दिने घोषणा गरेका थिए। यसअघि उच्चायोगले भारतले श्रीलंकामा सेना पठाउन लागेको समाचारको खण्डन गरेको थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।