काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आधा राती आज एउटा स्टाटस लेखे त्यो आधा घण्टामै मेटे । बालेनले आधा रातमा लेखेको स्टाटस किन डिलिट गरे भन्नेबारे चासो बढेको छ ।
बालेन बजेटमा समेटिएका विषयलगायत विभिन्न कारणले पछिल्लो समय विवादमा तानिएका छन्। काठमाडौं महानगरपालिकाका साह ‘बालेन’ मेयर बनेर आएपछि काठमाडौँको फोहोर पहिले जसरी पनि उठ्न सकिरहेको छैन ।
उसो त फुटपाथमा निर्माण सामग्री थुपार्नेमाथि ५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरमा आएको गुनासोका आधारमा निर्माण सामग्री थुपार्ने देखि फोहोर फाल्नेमाथि कारबाही गरेको हो ।
महानगरले निरन्तर कारबाही र अनुगमन गर्दै आएको जनाएको छ । फोहोरले काठमााडैँ दुर्गन्धित बनिरहँदा सोमबार राती ‘बालेन’ले आफ्नो अन भेरिफाइड फेसबुक पेजबाट ‘काम गर्न देउ, डिस्टर्ब नगर’ भनेर लेखिएको स्टाटस केही समयमा नै डिलिट भएको छ ।
बालेनका बालेन नामका भेरिफाइड र अनभेरिफाइड दुई वटा फेसबुक पेज रहेका छन्। बालेनको उक्त स्टाटसलाई लिएर केहीबेरमै कमेन्टको वर्षा भएको थियो।
कमेन्टको वर्षा आउन थालेपछि बालेन भन्ने पेजमा रहेको उक्त काम गर्न देउ, डिस्टर्ब नगर हटाइए पनि अहिले उक्त पेजमा लेखिएको स्टाटसको स्क्रिन सर्ट भाइरल बनिरहेको छ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।