शनिबार, असोज १० २०८३
ताजा अपडेट

ओलीले घनश्याम भुसाललाई दिए ‘विग सर्प्राइज’


  • मंगलबार, असार २८ २०७९
9.4K
SHARES

फाइल तस्विर

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्का नेता घनश्याम भुसाललाई बिग सरप्राइज दिएका छन् । पार्टीभित्र प्रतिपक्षको भूमिकामा रहेको भुसाललाई ओलीले महत्वपूर्ण विभागको जिम्मा पाएर सवरप्राइज दिएका हुन् ।

एमालेको सातौँ, आठौँ र नवौँ बैठकका निर्णयसहित अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि –४) मा १० मध्येका चार जना नेताहरू घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम प्रसाद आचार्य र योगेश भट्टराईले विभागीय प्रमुखको जिम्मेवारी पाएका हुन् ।

भुसालले अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । त्यस्तै, विष्टले ऊर्जा जलश्रोत तथा सिँचाइ, आचार्यले पर्यटन तथा नागरिक उड्डयन र भट्टराईले स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

एमालेले २७ विभागमा सचिवसहित सदस्यहरू समेत तोकको छ । यसैबीच, भर्खरै जिम्मेवारी पाएका मध्ये एक भूसालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् ।

पार्टी विभाजन हुनुअघि आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर नेपालले आफ्नो जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको भूसालको भनाइ छ । भूसालले लेखेका छन्, ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् ।’

केपी शर्मा ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्ने नेपालले २० प्रतिशत सांसदले पार्टी विभाजन गरेर घातक काम गरेको भूसालको आरोप छ ।नेता भूसालले अध्यक्ष नेपालले दोहोरो नीति लिएको उल्लेख गर्दै अर्को पार्टी बनाएर कम्युनिष्ट आन्दोलनको सेवा गर्छु भन्नुलाई पत्याउन नसकिने बताए ।

‘कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन । ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ,’ भूसालले लेखेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा