काठमाडौँ- रुसले युक्रेनी जनताको पक्षमा ऐतिहासिक निर्णय गरेको छ। रूसले सबै युक्रेनीलाई देशको नागरिकता निर्णयले विश्वभर हलचल मच्चिएको हो।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका सबै नागरिकलाई रूसी नागरिकता दिने आदेशमा हस्ताक्षर गरेका छन्। बीबीसीका अनुसार पुटिनले सबै युक्रेनीलाई रूसी नागरिकता लिनको लागि प्रक्रियागत आदेशमा हस्ताक्षर गरेका हुन्
यो आदेश रूसको आधिकारिक वेबसाइटमा पनि प्रकाशित गरिएको छ। यसअघि मे महिनामा पुटिनले दक्षिणी युक्रेनका केही भागका बासिन्दालाई रुसी नागरिकताको कार्यान्वयनलाई तीव्रता दिन आदेश जारी गरेका थिए।
यसअघि यो सरलीकरण युक्रेनको डोनेत्स्क र लुहान्स्कका जनतालाई मात्रै नागरिकता दिने सन्दर्भमा लागू भएको थियो। युक्रेनविरूद्ध युद्ध लड्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण लुहान्स्क र डोनेत्स्कलाई युक्रेनबाट स्वतन्त्र घोषणा गरेका थिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।