शनिबार, असोज १० २०८३
ताजा अपडेट

फोहोर फाल्नेमाथि झनै कठोर बने बालेन, तिराए यति धेरै जरिवाना !


  • सोमबार, असार २७ २०७९
9.8K
SHARES

फाइल तस्विर

काठमाडौँ – नदि तथा खोलामा फोहोर फाल्नेमाथि काठमाडौँ महानगर एक्सनमा उत्रिएको छ ।
सामाजिक सञ्जालमा आइतबार र सोमबार धोबीखोलामा फोहोर फालिरहेको भिडियो चर्चामा आएपछि काठमाडौं महानरपालिकाले त्यसबारे छानविन गरि फोहोर फालेको प्रमाणित गरि एक्सनमा उत्रिएको हो।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार पच्चिस हजार रुपैयाँ जरिवाना गरेको जानकारी दिएका हुन् ।

शाहले २५ हजार जरिवाना तिराएको रसिद सामाजिक सञ्जालमार्फत सार्वजनिक समेत गरेका छन्।

उनले आगामी दिनमा कसैले यस्तो गरेको फेला परे खबर गर्न अनुरोध गरेका छन्।

कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी छ। यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिनु भएकोमा धन्यवाद छु शाहले भनेका छन्, आगामी दिनहरुमा यस्ता कार्य नदोहोर्याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गर्दछौँ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा