शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

अमेरिकासँग भिड्ने गरी फिल्डमा उत्रियो चीन, ल्यायो यस्तो खतरनाक योजना !


  • सोमबार, असार २७ २०७९
27.5K
SHARES

फाइल तस्विर

काठमाडौँ – अमेरिकाले विभिन्न अन्तराष्ट्रिय गैरसरकारी संस्थामार्फत गर्दै आएको आर्थिक सहयोग जस्तै चीनले पनि यस्ता कार्यक्रमहरुको सुरुवात गरेको छ । चीन सरकारले अमेरिकाले नेपालमा गरेको आर्थिक, सामाजिक र राजनीतिक सहयोग रोक्न यस्ता कार्यक्रमहरुको आयोजना गरेको हो ।

चीनले युएनडीपी, युएसएड लगायतका कार्यक्रमहरु जस्तै नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्ट, चीन सरकार दक्षिण सहयोग सहायता कोष लगायतका कार्यक्रमहरु लागु गरेको छ भने एमसीसीको काउन्टरमा नयाँ योजना पनि ल्याएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चिनियाँ राष्ट्रपति एवं पार्टीका महासचिव सी जिनपिङले एमसीसीलाई काउन्टर दिन ‘दक्षिण सहयोग सहायता कोष’ कार्यक्रमको घोषणा गरेको बताए । उनले यो कार्यक्रमले नेपालको विकासमा धेरै ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्लेख गर्दै उनले यस कोषले नेपालसहितका मुलुकलाई विकासको क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुग्ने बताएका हुन् ।

सोमवार काठमाडौँको वसन्तपुरमा आयोजित नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्टको उद्घाटन गर्दै विदेश विभाग प्रमुख लिउले बालबालिकाहरू खुसी भए मात्रै स्वस्थ रहन सक्ने उल्लेख गर्दै राम्रो अध्ययनका लागि बालबालिका स्वस्थ र खुसी हुन जरुरी रहेको बताए । उनले आजका बालबालिका नै भविष्यका नेपाल र चीनका मित्रताका परिपूरक भएको उल्लेख गरे ।

प्रमुख लिउले चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल र चीन दुई मुलुकबीचको सामाजिक संगठनमा धेरै सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले नेपाली बालबालिकाहरूलाई चीनमा भ्रमणका लागि जान पनि आग्रह गरे । प्रमुख लिउले चीनमा आएका नेपाली बालबालिकालाई स्वागत गर्न पाए आफू झनै खुसी अनुभव गर्ने र चिनियाँ बालबालिकाहरूसँग भेटघाट गराउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

उनले भने, ‘यो कार्यक्रमको विषय धेरै महत्त्वपूर्ण छ । बालबालिकाहरू पूर्ण र राम्रो खाएर मात्र स्वस्थ हुनसक्छ । र मात्र राम्रो पढ्न सक्छ । राम्रोसँग हुर्किएपछि मात्रै आफू र परिवारलाई राम्रोसँग विकास गर्नसक्छ । चीन र नेपालबीचको युगौंयुगदेखिको आधार धेरै बलियो छ । दुई देशबीचको सम्बन्धको भविष्य उज्यालो छ । मैले आज बिहान बिपी कोइरालाको इतिहास हेरेँ अनि नेपाल र चीनबीचका पुराना नेता र सम्बन्धको ऐतिहासिक कुरा पढेँ । हाम्रो पार्टीका महासचिव सी जिनपिङले चिनियाँ सरकार दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । त्यसैले यो सानो परियोजना पनि यस कोषको समर्थन पाउँछ भन्ने आशा छ । यो पनि दक्षिण कोष अन्तर्गत चिनियाँ सामाजिक संगठनले विश्वमा अघि बढाएको पहिलो परियोजनाहरू मध्ये एउटा हो । चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल र चीन दुई मुलुकबीचको सामाजिक संगठनले सहयोग प्रदान गर्नेछ । यसमार्फत दुई मुलुकबीचको सम्बन्धलाई माथि लैजान सकिन्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा