शनिबार, असोज १० २०८३
ताजा अपडेट

गगन थापाको पक्षमा एकाएक मियो झैँ खडा भए विश्वप्रकाश, गरे यस्तो अर्थपूर्ण घोषणा !


  • सोमबार, असार २७ २०७९
7.6K
SHARES

फाइल तस्विर

काठमाडौं – काँग्रेसभित्र फरक फरक गुटबाट प्रतिस्प्रधा गर्दै आएका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापाको पक्षमा मियो झैँ खडा भएका छन् । महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो प्रतिस्प्रधी गगन थापाले प्रधानमन्त्रीको दाबी गरे आफ्नो पूर्ण साथ र समर्थन सहित गगनको पक्षमा दरिलोसंग उभिने घोषणा गरेका हुन् ।

अमेरिका भ्रमणमा रहेका शर्माले कांग्रेस निकट जनसम्पर्क समितिले क्यालिफोर्निया गरेको कार्यक्रममा बोल्ने क्रममा शर्माले थापाको पक्षमा खुलेरै यस्तो अभिव्यक्ति दिएका छन् ।

सांसद तथा मन्त्री भइसकेकाले गगनले प्रधानमन्त्रीको दाबी गर्नु स्वाभाविक रहेको उनले बताएका हुन् । सोही कार्यक्रममा सहभागी गोरखाका कांग्रेस जिल्ला सचिव किशोरजंग थापाले महामन्त्री शर्माको बोली उधृत गर्दै भने, ‘५० वर्षमुनि उमेर समूहबाट प्रधानमन्त्रीमा गगनको दाबी स्वाभाविक हो । सिनियर जुनियरको कुरा हामी वीचमा हुँदैन ।’

महामन्त्री थापाले अन्तवार्ताका क्रममा निर्वाचन पश्चात् प्रधानमन्त्रीमा दाबी गर्ने बताउँदै आएका छन् । कांग्रेसमा संसदीय दलको नेता चुनिएर मात्रै प्रधानमन्त्री बन्ने प्रावधान छ । संसदीय दलको नेता चुन्नका लागि हुने निर्वाचनमा थापाले उम्मेदवारी दिने बताउँदै आएका छन् । सफलरअसफल जुनसुकै परिणाम पनि स्विकार्नका लागि प्रयास गर्ने उनको भनाइ छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा