शनिबार, असोज १० २०८३
ताजा अपडेट

बुढीगंगामा उदायो सूर्य, निकाल्यो सानदार जित !


  • आइतबार, असार २६ २०७९
10.8K
SHARES

फाइल तस्विर

काठमाडौँ – बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर पदमा कांग्रेसलाई पछार्त्दै नेकपा एमालेले सानदार जित हात पारेको छ । कांग्रेसबाट मेयर उठेका रंगबहादुर खातीलाई भारि मतान्तरले पराजित गर्दै एमालेले बाजुराको बुढीगङ्गा नगरपालिकामा सानदार जित हात पारेको हो ।

बुढीगंगामा मेयरमा एमालेका रामबहादुर बानियाँ र उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुँवर निर्वाचित भएका हुन् । रामबहादुरले ४७७७ मत ल्याएका छन्। यहाँ कांग्रेसबाट मेयर उठेका रंगबहादुर खाती पराजित भए। उनले जम्मा ३७७४ मत ल्याएका छन्।

यस्तै उपमेयरमा मायाकुमारीले ४७२७ मत ल्याएकी छन् भने उपमेयरकी अर्की उम्मेदवार रिता शाही शाहले जम्मा ३७५५ मत ल्याएर पराजित भइन्।

७५३ स्थानीय तहमध्ये एमालेले २०६ पालिका प्रमुख जितेको छ।

बुढीगंगामा वैशाख ३० मा निर्वाचन भएपनि बुथ कब्जा भएको भन्दै असार २३ मा पुन: निर्वाचन गरिएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा