शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

यस्तो गम्भिर त्रुटिका कारण सिन्जो आबेको हत्या भएको रहेछ !


  • आइतबार, असार २६ २०७९
61.3K
SHARES

काठमाडौँ – जापानको दक्षिणी सहर नारामा शुक्रबार गोली हानी मारिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको सुरक्षामा आफ्नो कमजोरी भएको जापानी प्रहरीले स्वीकार गरेको छ ।

नाराका प्रहरी प्रमुख तोमोआकी ओनिजुकाले भने, ‘सुरक्षामा समस्या भएको कुरालाई नकार्न सकिँदैन भन्दै गल्ति स्वीकार गरेको हो ।

एउटा राजनीतिक कार्यक्रममा एक बन्दुकधारीले आबेमाथि गोली हानेका थिए । यस आक्रमणले जापानलाई स्तब्ध बनाएको छ ।

माथिल्लो सदनका लागि पूर्वनिर्धारित निर्वाचन आइतबार हुँदैछ । आबेको हत्या भएको दुई दिनपछि स्थानीय समयअनुसार बिहान ७ बजे मतदान सुरु भएको छ । उनको हत्याले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को समर्थन बढ्न सक्ने अनुमान गरिएको छ ।

आबे एलडीपीका प्रमुख र अत्यधिक प्रभावशाली व्यक्तित्व थिए । पार्टीले शनिबार पनि सामान्यभन्दा कडा सुरक्षाका साथ प्रचार प्रसार जारी राखेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा