शनिबार, असोज १० २०८३
ताजा अपडेट

प्रचण्डको रोग माधव नेपाललाई सरेपछि…


  • आइतबार, असार २६ २०७९
8.7K
SHARES

फाइल तस्विर

काठमाडाैँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पटक पटक मैले यसलाई प्रधानमन्त्री बनाएँ उसलाई प्रधानमन्त्री बनाएँ भन्दै निकैनै फाँइफुर्ती लागाउँने गरेका छन् । त्यो रोग नेकपा एसका अध्यक्ष माधव कुमार नेपालमा पनि सल्किएको छ ।

प्रचण्डले आफुले प्रधानमन्त्री बनाएँ भनेर भन्ने भाषण र माधव नेपालले अपमान भयो भनेर गर्ने गरेको भाषण नेपाली जनतालाई सामान्य जस्तै लाग्न थालिसकेको छ । प्रचण्डले आफुले केपी ओली देखी झलनाथ खनाल र माधव नेपाल सम्मलाई र देउवालाई पनि प्रधानमन्त्री बनाएको भन्दै फूर्ती लगाउँदै आएका छन् । माधव नेपालले पनि आज त्यस्तै कुरा गरेका छन् ।

हिजो मात्रै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली तत्कालिन समयमा राजा ज्ञानेन्द्रले गरेको शाही घोषणाको ड्राफ्ट मैलेनै गरेको थिँए भनेर दाबी गरेका थिए। ओलीले त्यस्तो घोषणा गरेको २४ घण्टा नबित्दै माधव नेपालले गरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री मैलेनै बनाएको थिएँ भनेर उद्घोष गरेका छन् ।

नेपालले नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई आफूले प्रधानमन्त्री बनाएपछि इमानदारीसाथ पालो दिएको बताएका छन् ।जनआन्दोलनपछि म प्रधानमन्त्री हुने सहमति थियो । तर, मैले उहाँलाई बनाएँ । त्यसको गुण उहाँले मलाई प्रधानमन्त्री बनाएर दिनुभएको थियो’, बुटवलमा शनिबार आयाजित पत्रकार भेटघाटमा नेता नेपालले भने, ‘उहाँमा राजनीतिक इमानदारी थियो ।’

उनले पाँचदलीय गठबन्धन आवश्यक रहेको बताउँदै आगामी निर्वाचनमा त्यो निरन्तर रहने जनाए । अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले सफलता प्राप्त गरेको दाबी गरे ।एक महानगर, उपमहानगरसहित विभिन्न स्थानमा उपप्रमुख जितेको र धेरै तहमा अत्यधिक मत प्राप्त गरेको उनको भनाइ छ ।

उनले भने, ‘स्थानीय तहमा हाम्रो पार्टीले सफलता हासिल गरेको छ । महानगर र उपमहानगरसहित धेरै ठाउँमा विजयी भएको छ । हामी आगामी निर्वाचनका लागि तयारीमा जुटेका छौं । अझै सफलता पाउनेछौं ।’

नेता नेपालले निर्वाचनमा आफूहरुमाथि षड्यन्त्र भएकोसमेत उल्लेख गरे । उनले भने, ‘हामी निर्वाचनमा आफ्नै बलले होमिएका हौं । गठबन्धन माध्यम थियो । निर्वाचनको सुरुदेखि नै षड्यन्त्र भयो । मतपत्रकै कारण धेरै मत बदर भए । हामीले पाएको मत र बदर भएको हेर्दा हामीलाई अत्यधिक मत प्राप्त भएको थियो ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा