शनिबार, साउन ३० २०८३
ताजा अपडेट

‘मनास्लु एसइई डान्स च्याम्पियनसिप’को उपाधि आस्तिकलाई, पाए नगद ५० हजार सहित आकर्षक पुरस्कार !


  • शनिबार, असार २५ २०७९
14.4K
SHARES

२५ असार, काठमाडौँ ।
बज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमी प्रा.ली. को आयोजनामा ‘मनास्लु एसइई डान्स च्याम्पियनसिप–२०२२’ को ग्राण्ड फिनाली सम्पन्न भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्ययतामा विशेष कार्यक्रमका बिच ग्राण्ड फिनाले भएको हो ।

कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानको मुख्य हलमा ग्राण्ड फिनाली गरिएको थियो । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष एवं चर्चित कोरियोग्राफर महेश गोदारको सभापतित्वमा सञ्चालन गरिएको थियो ।

एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई डान्स रियालिटी शो मार्फत नृत्य क्षेत्रमा अवसर प्रदान गर्ने उद्देश्य सहित हरेक वर्ष बज्रयोगिनीले एसइई डान्स च्याम्पियनसिपको आयोजना गर्दै आएको थियो । सोही क्रमको निरन्तरता स्वरूप यस वर्ष पनि एसइई डान्स च्याम्पियनसिप सिजन ३ को आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रम आज दिउसो २ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन भएको थियो । विभिन्न चरण पार गर्दै फिनालेका लागि १४ जना प्रतियोगी छनोट भएका थिए । सोही प्रतियोगीहरूले ग्राण्ड फिनालेमा धमाकादार नृत्य प्रस्तुति दिए ।

बाकि १३ प्रतियोगिहरुलाई पछि पार्दै यस वर्षको ‘मनास्लु एसइई डान्स च्याम्पियनसिप’को उपाधि आस्तिक कार्कीले पाएका छन् । सुस्मि सुनार दोस्रो र सनम चौधरी तेस्रो भएका छन् ।

उपाधि विजेता कार्कीसंगै द्वितीय र तृतीय स्थान हासिल गर्नेले क्रमशः. नगद पचास हजार, तिस हजार र बिस हजार सहित ट्रफी, कक्षा ११ अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेका छन् ।

विभिन्न ५ विधामा समेत प्रतियोगिहरुलाई अवार्ड प्रदान गरिएको थियो । सो अन्तर्गत वेस्ट किल निमा स्यांताङ, वेस्ट कोरियोग्राफी मनीषा रोय, वेस्ट डिसिप्लिन निशा घिसिङ, वेस्ट पफर्मेन्स स्मिता बडुवाल, पब्लिक च्वाइस अवार्ड आस्तिक कार्कीले अवार्ड जित्न सफल भए ।

यस्तै, उक्त अवसरमा ‘विशिष्ट व्यक्तित्व सम्मान’ अन्तर्गत ५ विशिष्ट व्यक्तिलाई सम्मान गरिएको थियो । जस अन्तर्गत शिक्षाविद् डा. विद्यानाथ कोइराला, वरिष्ठ अभिनेत्री मिथिला शर्मा, समाज सुधारक डा. मान बहादुर विश्वकर्मा, वरिष्ठ नृत्य निर्देशक कमल राई, चर्चित नृत्य क्रियु वाईल्डरिपर्जलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति पुनको हातबाट सम्मानित व्यक्तिहरूलाई सम्मान–पत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको निर्णायकमा मुस्कान ढकाल, नम्रता केसी, दिवस गिरी रहेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा