शनिबार, असोज १५ २०७९
ताजा अपडेट

बैँकमा जागिर गर्न चाहनेहरूको लागि आयो खुसीको खबर


  • KTM Khabar
  • शुक्रबार, असार २४ २०७९
8K
SHARES

सांकेतिक तस्विर

२४ असार, काठमाडौँ ।

बैकमा जागिर गर्न चाहनेहरुको लागि अत्यन्तै खुशीको खबर आएको छ । कृषि विकास बैंकले कर्मचारी माग गरेसंगै बैँकमा काम गर्ने इच्छुक व्यक्तिहरुलाई खुशीको खबर आएको हो ।

कृषि विकास बैंकले विभिन्न पदमा १५२ जना माग गर्दै दरखास्त आह्वान गरेको छ। सूचना जारी गर्दै बैंकले अनलाइन दरखास्त आह्वान गरेको हो।

बैँकले शाखा प्रमुख ५ जना, व्यवसाय अधिकृत ४७ जना, कम्प्युटर अधिकृत १७ जना, इन्जिनियर सभिलतर्फ ३ जना, कर्जा अधिकृत १२ जना, व्यवसाय सहायक २३ जना, कानून सहायक ३ जना, ऋण सहायक ५ जना र लेखापाल ३४ जना गरी कूल १५२ जनाको माग भएको छ।

बैंकले लोस सेवाबाट स्वीकृत लिएर दरखास्त आह्वान गरेको हो। खुला तथा समावेशी प्रतियोगिताबाट रिक्त पदमा पदपूर्ति गर्न दरखास्त आह्वान भएको छ।

इच्छुकले अनलाइनबाट फारम भर्न सक्नेछन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा