शनिबार, असोज १० २०८३
ताजा अपडेट

सरकारका विरुद्ध धर्ना बस्ने हर्क साम्पाङको घोषणा !


  • बिहिबार, असार २३ २०७९
13.7K
SHARES

फाइल तस्विर

२३ असार, काठमाडौँ ।

नेपालीहरुको मन मुटुमा बसेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक पछि अर्को जनपक्षिय काम गर्दै आएका छन् । निर्वाचित भएलगत्तै उनले आफ्नो पहिलो काम धराने जनतालाई सहज रुपमा खानेपानी उपलब्ध गराउने घोषणा गरेका थिए ।

धराने जनतालाई खानेपानी खुवाउने योजनामा संघीय सरकार र प्रदेश सरकारले असहयोग गरेको उनको भनाई छ । धरानको खानेपानी समस्या समाधान गर्न सहयोग हुँदैन भने संघ र प्रदेशको खानेपानी मन्त्रालयलेको काम नहुने उनको भनाई छ ।

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, धरानको खानेपानीको समस्या समाधान गर्न सहयोग हुँदैन भने प्रदेश सरकार र संघीय सरकारको खानेपानी मन्त्रालय बन्द गर्ने माग लिएर धर्ना बस्नेछु ! नाम याद रहोस् “हर्क साम्पाङ”


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा