काठमाडौँ – काठमाडौँको चन्द्रागिरिस्थित चन्द्रागिरि केबलकारमा एक जना भीआईपी अड्किएका छन् । चन्द्रागिर आराम गर्न चन्द्रगिरी गएका राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना केबलकारमा अड्किएका हुन् ।
पारिवारसहित चन्द्रागिरिमा घुमघाम तथा आरामका लागि पुगेका उनी करिब एक घण्टा केबलकारमा अड्किएका हुन् । बुधबार मध्याह्न तिमल्सिना चन्द्रागिरिको रिसोर्टमा बस्नेगरी पुगेका थिए ।
एकाएक चन्द्रागिरि हिल्सले सञ्चालन गरेको केबलकार गन्तव्यमा नपुगी बीचमै रोकिन पुग्दा चन्द्रागिरि डाँडातिर लागेका तिमल्सिनासहितका कयौँ यात्रु अड्किन पुगेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले केहीबेर केबलकार रोकिएका पुष्टि गरे ।
चन्द्रागिरिमा बेलाबेलामा केबलकारमा यात्रु अड्किने घटना नयाँ भने होइन । यसअघि पनि यस्ता घटना पटक पटक बाहिर आउने गरेका थियो । यस विषयमा चन्द्रागिरि केबलकारले भने औपचारिक धारणा बाहिर ल्याइसकेको छैन ।
अध्यक्ष तिमल्सिनाका प्रेस संयोजक अशोक पौडेलले व्यक्तिगत कामका शिलशिलामा चन्द्रागिरि गएको पुष्टि गरेपनि थप विषय आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।