शनिबार, असोज १० २०८३
ताजा अपडेट

सडकमा मकै बेच्ने चेतेन्द्र दम्पतिलाई आयो अर्को ठुलो सहयोग


  • बुधबार, असार २२ २०७९
6.9K
SHARES

काठमाडौं – काठमाडौं महानगरको बालुवाटार सडक क्षेत्रमा मकै पोलेर जीवीका चलाउँदै आएका चेतेन्द्र आचार्य र सीता आचार्यका दुई छोराहरुलाई कोस्मोपोलिटन सेकेन्डरी स्कुलले कक्षा १२ सम्मको अध्ययन निशुल्क गराइदिने भएको छ ।

नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको सहकार्यमा उक्त स्कुलले उनीहरुलाई निशुल्क अध्ययन गराइदिने भएको हो ।

कोस्मोपोलिटन सेकेन्डरी स्कुलले हरेक वर्ष विभीन्न कारणले दुःख पाएका आर्थीक समस्यामा परेका १२ जनालाई इन्द्र अन्नपूर्ण फाउन्डेशन, हेल्प नेपाल र गुढमर्निङ नेपाल जस्ता संस्थाहरुको सहयोगमा निशुल्क अध्ययन गराईदिदै आएको छ।

यस्तै समाजसेवी रामकुमार थापा र मसीना खड्काले पनि आचार्य दम्पत्तिको दुई छोराहरुका लागि स्टेशनरी र पोशाक खर्चका लागी भन्दै २० हजार आर्थीक सहयोग गरेका छन् ।

बालुवाटार क्षेत्रको सडकमा मकै बेच्ने आचार्य दम्पत्ति गाउँमा जीवीका चलाउन मुस्किल भएपछि राजधानीमा मकै बेचेर परिवार पाल्दै आएका थिए । उनीहरुको ८ र ९ कक्षामा पढ्ने दुई छोराहरु छन् ।

आचार्य दम्पत्तिलाई पूर्वमन्त्री बस्नेतले यसअघि पनि ५१ हजार आर्थिक सहयोग गरेका थिए । यसरी आफ्नो गरीखाने रोजीरोटी नै गुमेको बेला पूर्वमन्त्री बस्नेतले सहयोग गरेको भन्दै चेतेन्द्र अचार्यले खुशी ब्यक्त गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा