२२ असार, काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे ।
जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भइ बजेटमा करको दर हेरफेर गरिएको समाचार प्रकाशित भएपछि एमालेले राजीनामा माग गर्दै आएको थियो ।
अर्थमन्त्रीको राजीनामाबारे मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । बुधबार विहान माओवादी केन्द्रको शीर्ष नेताको बैठकमा अर्थमन्त्रीलाई राजीनामा दिन सुझाइएको थियो । सोहीअनुसार जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा घोषणा गरेका हुन् ।
प्रतिपक्षी दल एमालेले उनको सम्बोधन बहिष्कार गरेको थियो ।
अर्थमन्त्री शर्माले राजीनामा माग्ने नागरिक समाजलाई धन्यवाद दिए तर आफूले कुनै गल्ती नगरेको बताए ।
उनले थपे, ‘मैले तपाईँहरूको आवाजलाई सम्मान गरेर राजीनामा दिएको छु । छानबिनले ल्याएको सत्य तथ्यका अगाडि उपस्थित भएर आफ्नो अभियानलाई अगाडि बढाउँदै देश र जनताको पक्षमा लागिरहनेछु ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।