शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

संसदमा अर्थमन्त्रीलाई बोल्न नदिने रणनीतिमा एमाले !


  • बुधबार, असार २२ २०७९
10.7K
SHARES

फाइल तस्विर

अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । तर नेकपा एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने भएको छ । एमालेले बजेट निर्माणका बारेमा अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै आएको छ । अर्थमन्त्री जनार्दन शर्मालाई कुनैपनि हालतमा संसदमा बोल्न नदिने रणनीतिमा एमाले रहेको स्रोतको दावी छ ।

एमालेले विरोध गर्छ, अर्थमन्त्रीलाई बोल्न दिँदैन’, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘हामीले प्रधानमन्त्रीको जवाफ र संसदीय छानविन समिति बनाउन माग गरेका हौ, अर्थमन्त्रीको जवाफ खोजेका होइनौ ।’

यसैबीच आज बिहान बसेको माओवादी केन्द्रको बैठकले बजेटबारे उठेका प्रश्नमा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी कमिटी बैठकले एमालेसँग सल्लाह गरेर अघि बढ्ने निर्णय गरेको माओवादीका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानविनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार देखिएको छ ।आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राखेपछि छानविन समिति गठन गर्न माओवादी केन्द्र तयार भएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा