शनिबार, असोज १० २०८३
ताजा अपडेट

चर्को विरोध भएपछि आफ्नै निर्णय सच्चाएर ब्याक भयो सरकार, देशभर छायो अर्को खुसीयाली !


  • मंगलबार, असार २१ २०७९
7.1K
SHARES

फाइल तस्विर

२१ असार, काठमाडौं ।

चर्को विरोध भएपछि नागरिकता सम्बन्धी विद्येकमा सरकार ब्याक भएको छ ।

प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएर सरकार ब्याक भएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले २०७५ सालमै ल्याएको नागरिकता विधेयकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको थियो ।

तर उक्त विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद छ । भारतीयहरुको सड्यन्त्रका कारण तत्काल नागरिकता दिन लागेको भन्दै देशभर विरोध भएको थियो ।

नागरिकता विद्येक फिर्ता भएपछि देशभर खुशीयाली छाएको छ । विशेषगरी संसद बाहिर रहेका विभिन्न कम्युनिस्ट पार्टीले यसको स्वागत गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा