शनिबार, असोज १० २०८३
ताजा अपडेट

विवाद समाधानका लागि बालेनले गरे यस्तो काम, झनै हुन थाल्यो चौतर्फी तारिफ !


  • मंगलबार, असार २१ २०७९
13.5K
SHARES

फाइल तस्विर

काठमाडौँ – हिपहप गायन रियालिटी सो ‘नेपहपको श्रीपेच’को विषयमा विवाद भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपाधि विजेता भाइबर साइमनले धर्मगुरुलाई श्रीपेच बुझाएका छन् । प्रतियोगिताका बिजेता साइमनलाई उपाधिमा ‘पञ्च बुद्ध मुख:’ लाई श्रीपेचको रुपमा प्रदान गरिएको थियो ।

नेपालमा पहिलो पटक आयोजित ‘नेपहपको श्रीपेच’ को उपाधि भाइबर साइमनले जितेका थिए । मेयर शाहले निर्णायक मण्डलका एक सदस्य थिए ।

बज्राचार्य समन्वय परिषदले विजेतालाई दीक्षित बज्राचार्य गुरुजुहरुले मात्रै लगाउने पञ्च बुद्ध ‘मुख:’लाई र्‍याप प्रतियोगतामा उपाधिका रुपमा प्रदान गरेको भन्दै आपत्ति जनाएको थियो ।

‘पवित्र मुख:लाई ‘नेपहप’ पगरीको रुपमा प्रयोग गरेकोमा समस्त बज्रयानी बौद्धहरुको अवमूल्यन हुन गएकाले हामी यसको घोर भर्त्सना गर्दछौं,’ परिषदले मंगलबार विज्ञप्तिमा भनिएको थियो । परिषदले सो कार्यलाई पुन: नदोहोर्‍याउन आयोजकहरुसँग आग्रह पनि गरेको थियो ।

‘नेपहपको श्रीपेच’ का निर्माता सुदिप पोख्रेलले बज्राचार्य समुदायको विशेष मुकुटका विषयमा आफूहरुलाई ज्ञान नभएको बताए ।

‘हामीलाई यो श्रीपेचकों बारेमा त्यति ज्ञान थिएन । बेच्न राख्नुभएको थियो, हामीलाई मन परेर लिएर आएका हाैँ । आज हामीले उहाँहरुको संस्कृतिको कदर गर्दै बालेनजी र विभिन्न बौद्ध धर्मसँग सम्बन्धित संघ–सस्थाहरुको उपस्थितिमा उक्त मुकुट बालेनजीको नै हातबाट बुद्धिस्ट गुरुहरुलाई फिर्ता गरेका छौँ ।’

मन्त्र जपेर उक्त मुकुट बौद्ध विहारमा राख्ने सहमति भएको उनले बताए । ‘हाम्रो विजेता भाइबर साइमनलाई पनि उहाँहरुले आशिर्वाद दिनुभएको छ । हामीले हाम्रो विजेताको लागि अर्को डिजाइनको श्रीपेच बनाउन दिएका छौँ । केही समयपछि सानो प्रेसमिट गरेर हामी त्यो श्रीपेच सार्वजनिक गर्ने छौं,’ उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा