शनिबार, असोज १० २०८३
ताजा अपडेट

पार्टीकै बदनाम गरेको भन्दै प्रचण्डले लिए अर्थमन्त्री शर्मा माथि एक्सन !


  • मंगलबार, असार २१ २०७९
6.7K
SHARES

फाइल तस्विर

काठमाडौं – पार्टीकै बदनाम गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्थमन्त्री जर्नादन शर्मामाथि एक्सन लिएका छन् । उनलाई अर्थमन्त्रीबाट हटाउने भन्दै एक्सन लिएका हुन् ।

त्यसका लागि प्रचण्डले छलफल थालेका छन् । दाहालले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नीप्रसाद सापकोटासँग छलफल गर्ने भएका हुन् ।

बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिको सुझाव लिएको भन्दै शर्मामाथि निरन्तर आलोचना हुन थालेपछि यसबारे मंगलबार बिहान बसेको नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको विस्तारित बैठकमा छलफल भएको थियो ।

‘अर्थमन्त्रीबारे धेरै कुरा आएपछि अध्यक्षले प्रधानमन्त्रीसँग कुरा गर्छु भन्नु भएको छ,’ एक पूर्वस्थायी समिति सदस्यले भने, ‘बैठकमा यसबारे अरु केही छलफल भएन । धेरै कुरा पार्टीको संगठन निर्माणबारे नै भए।’

प्रचण्डले आज विहान अर्थमन्त्री शर्मालाई भेटेर के भएको हो भन्दै जिज्ञासा राखेका थिए । शर्माले प्रधानमन्त्री देउवाको निर्देशनमा ती व्यक्तिलाई मन्त्रालयमा प्रबेश दिएको जवाफ दिएका थिए ।

प्रमुख विपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने भन्दै संसददेखि सडकसम्म आवाज उठाइरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा