२१ असार, काठमाडौं ।
रामेछापमा कहानीलाग्दो बस दुर्घटना भएको छ । रामेछापबाट काठमाडौं आउँदै गरेको बस आज बिहान दुर्घटना भएको हो ।
घटनास्थलमै ९ जनाले ज्यान गुमाएका छन् । २४ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान लुभुघाट भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा ५ पुरुष र ४ महिलाको घटनास्थलमै ज्यान गएको घटनास्थलमा उद्धार कार्यमा सक्रिय सुनापती गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट चौलागाईंले जानकारी दिइन् ।
उनका अनुसार २१ जना घाइतेलाई गाडीमा राखेर काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ । गम्भीर घाइते ३ जनालाई भने हेलिकोप्टरबाट काठमाडौं पठाइएको उनले जानकारी दिइन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।