काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ ०३ पैसा र बिक्री दर १२६ रुपैयाँ ६३ पैसा रहेको छ। युरो एकको खरिद दर १३१ रुपैयाँ ७० पैसा र बिक्री दर १३२ रुपैयाँ ३३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ८२ पैसा र बिक्री दर १५३ रुपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४९ पैसा र बिक्री दर ३४ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।