नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाँई जीवन आचार्य पनि केन्द्रीय सदस्य बनेका छन्। आचार्यले आइतबार नै सुरू भएको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय कमिटी सदस्यको सपथ लिएका थिए।
प्रचण्डले यसअघि गंगा र जीवनलाई केन्द्रीय सदस्यमा प्रस्ताव गर्दा चर्को विरोध भएको थियो। त्यसपछि उनी केही समय पछि हटेका थिए। यसअघि प्रचण्डपुत्री रेनु दाहाल पनि केन्द्रीय सदस्य बनिसकेकी छन्। उनी भरतपुर महानगरपालिकाको मेयर पनि हुन्।
त्यस्तै, माओवादी नेता दीनानाथ शर्माकी छोरी कल्पना शर्मा पनि केन्द्रीय समिति सदस्य बनेकी छन्।
माओवादी केन्द्रले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ । आइतबार सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएका हुन् ।
यद्यपि महासचिवसहितका पदाधिकारीको भने टुंगो गर्न बाँकी छ। ३७७ सदस्यीय केन्द्रीय सदस्य रहने भनिए पनि चार जनाको नाम खाली छाडिएको छ । केन्द्रीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन् ।
त्यसैगरी माओवादीले वैकल्पिक केन्द्रीय सदस्य पनि चयन गरेको छ। ९४ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यमध्ये ८६ जनालाई आइतवार मनोनीत गरेर शपथ दिलाइएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।