शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कुरा मिल्यो, चुनाव अघि नै पार्टी एकता गर्दै माधव-प्रचण्ड !


  • सोमबार, असार २० २०७९
10.2K
SHARES

फाइल तस्विर

नेकपा माओबादि केन्द्र र नेकपा एसले संघिय चुनाब अगाडि नै पार्टि एकता गर्ने तयारि गरेका छन् । पछिल्लो समय दूई पार्टिका नेताबिच सहकार्यका लागि बार्ता भइरहेको छ । दुई पार्टिबिच भएको बार्ता सकरात्मक रहेपछि दुई पार्टिबिच चुनाब अघिनै पार्टि एकता हुन लागेको बुझिएको छ ।

यसअघि कांग्रेस बाहेक सत्ता गठबन्धनमा रहेका दलहरुले छुट्टै गठबन्धन बनाउने विषयमा कुराकानी अघि बढाएका थिए । अहिले उनीहरुको संवाद चुनावअघि कम्तीमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता गरेर अघि बढ्ने बिषयमा केन्द्रित छ ।

आइतबार ललितपुरको सातदोबाटोस्थित एक घरमा भएको तत्कालिन नेकपाका पाँच जना सचिवालय सदस्यहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल र भर्खरै नेकपा एकता राष्ट्रिय अभियान खोलेर त्यसको संयोजक बनेका वामदेव गौमतबीच छलफल भएको थियो ।

‘छलफलमा सकेसम्म चुनावअघि नै दुई पार्टीबीच एकता गर्ने, एकता सम्भव भएन भने संयोजन समिति बनाएर अघि बढ्ने भन्ने कुरा भएको छ’, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने ।

यसअघि आइतबार सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट एकताको संभावनाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले एमाले बाहेकका कम्युनिष्ट पार्टीहरुबीचको एकताको संभावनाबारे प्रतिवेदनमा उल्लेख गरेका छन्, तर विस्तृतमा व्याख्या गरेका छैनन् ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकले समेत अहिले एमालेसँग चुनावी तालमेलको संभावना नरहेको बताइसकेको छ । स्थानीय तह निर्वाचनमा अन्तिम अवस्थामा गठबन्धन हुँदा त्यसको परिणाम राम्रो नआएको भन्दै कांग्रेससँग पनि भर गर्न नसकिने यी पार्टीका नेताहरुले बताइरहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा