शनिबार, साउन ९ २०८३
ताजा अपडेट

शिक्षा क्षेत्रमा बालेनले गरे अर्को चमत्कार, आयो खुसीको बहार !


  • सोमबार, असार २० २०७९
10.9K
SHARES

फाइल तस्विर

काठमाडौं – काठमाडौं महानगरपालिकाले शिक्षाको लागि आगामी आर्थिक वर्षमा ७० करोड रुपैयाँ भन्दा धेरै बजेट बिनियोजन गरेको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा तीन गुणा बढी हो ।

काठमाडौं महानगरपालिका शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीले भने ‘चालु आर्थिक वर्षका लागि करिब २२ करोड छुट्याइएको थियो । आगामी आर्थिक वर्षको लागि ७० करोड बढी छुट्याईएको छ । यो भनेको करिब तीन गुणा बढी हो ।’

काठमाडौं महानगरपालिकाले यो वर्ष महानगरभित्रका सार्वजनिक शिक्षा सुधारका विभिन्न कार्यक्रमहरु ल्याएको छ । शौचालय स्तरोन्नति, सबै माध्यमिक विद्यालयमा ९–१२ कक्षामा हप्ताको एक दिन सीपमूलक शिक्षा दिने, नमुनाको रुपमा विद्यालयमा विद्यार्थीको लकर बनाउने लगायतका नयाँ कार्यक्रमको लागि बजेट विनियोजन भएको महानगर शिक्षा शाखाले जनाएको छ । सञ्चालन भइरहेका कार्यक्रमहरुमा पनि बजेट बढाइएको छ ।

महानगरले विद्यार्थीको खाजाको लागि छुट्याएको रकममा थप गर्ने तयारी गरेको छ । संघीय सरकारले प्रतिविद्यार्थी १५ रुपैयाँको दरले दिवाखाजाको लागि रकम विनियोजन गर्दै आएको छ । त्यसमा काठमाडौं महानगरको तर्फबाट न्यूनत्तम १० रुपैयाँ बढाउने तयारी भएको शिक्षा शाखाले जानकारी दिएको छ ।

महानगर शिक्षा विभागका अधिकृत सुवेदीले भने ‘अहिले १० रुपैयाँ थप गर्ने गरी पास भएको छ । तर, आएका सुझावलाई सम्बोधन गर्ने गरी भनेर पास भएको छ । केही तलमाथि हुनसक्छ ।’

विद्यालयमा विद्यार्थीको सहभागिता बढाउनका लागि सरकारले आर्थिक वर्ष २०७५/७६ देखि दिवा खाजा कार्यक्रम शुरु गरेको हो ।

बालकक्षादेखि ५ कक्षासम्मका विद्यार्थीलाई दिँदै आएको दिवा खाजा आगामी आर्थिक वर्षदेखि ६ कक्षासम्म दिने सरकारले घोषणा गरेको छ । संघीय सरकारले यो कार्यक्रमलाई कक्षा ८ सम्म विस्तार गर्ने लक्ष्य लिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा