शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बाबुरामको साथ छोड्दा मन्त्री पद उपहार !


  • सोमबार, असार २० २०७९
5.7K
SHARES

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईको गुट परिवर्तन गर्दा एक जनाले मन्त्री पद उपहार पाएका छन् । भट्टराई पक्षसँग अन्तरविरोध उत्कर्षमा पुगेका बेला अध्यक्ष उपेन्द्र यादवलले चारमध्ये तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउँदा मन्त्री पद उपहार परेको हो।

स्रोतका अनुसार यादवले कृषिमन्त्री महिन्द्र राय, भौतिक पूर्वाधारमन्त्री रेणु यादव र वनमन्त्री रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर मृगेन्द्र सिंह, महम्मत इस्तीयाक राई, प्रदीप यादवलाई पठाउने तयारी गरेको छ ।

फिर्ता भएका राय बाबुराम खेमाका हुन् भने रेणु यादव र रामसहाय भने अध्यक्ष यादव पक्षकै हुन् । तर असन्तुष्ट सांसदहरुलाई सरकारमा पठाउन उनीहरुलाई फिर्ता बोलाइएको छ । स्रोतका अनुसार मृगेन्द्र सिंह कृषिमन्त्री, भौतिक पूर्वाधारमा इस्तियाक र वनमन्त्रीमा प्रदीपको नाम पठाइएको छ ।

जसपा स्रोतका अनुसार दुबै सांसदले हालसालै मात्र कित्ता परिवर्तन गरेका थिए । पछिल्लो समय जसपाको विवादमा दुबैले डा. भट्टराईलाई साथ दिएका थिए । भट्टराई निकट स्रोतका अनुसार उपेन्द्र यादव सच्चिएनन् भने नयाँ पार्टी बनाउनुपर्ने मत राख्नेहरुमा दुबै सांसद पर्थे ।

तर अध्यक्ष यादवले मन्त्री हेरफेर गर्ने तयारी गरेसँगै दुवैले कित्ता परिवर्तन गरेका थिए । दुबै भट्टराई पक्षको छलफलमा अनुपस्थित हुन थाले । यादव पक्षको कार्यकारिणी समिति सदस्यहरुको बैठकमा जान थालेका थिए ।

अहिले ती दुबै सांसद, मन्त्रीमा सिफारिस भएका छन् । स्रोतका अनुसार राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह कृषिमन्त्री बन्ने भएका छन् । पार्टी नेतृत्वसँग असन्तुष्ट उनलाई पनि अर्को पक्षमा जान नदिन मन्त्री बनाइएको एक नेताले बताए ।

तीन मन्त्रीलाई फिर्ता बोलाएका जसपा अध्यक्ष यादवले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिएका छन् । अशोक राई नेतृत्वको तत्कालीन संघीय समाजवादीबाट आएका श्रेष्ठ पछिल्लो समय पार्टीमा उपेन्द्र यादवको पक्षमा उभिएका नेता हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा