शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सरकारी जागिरका लागि आयो सुवर्ण अवसर, नेपाल प्रहरीले यी पदमा माग्यो ठुलो संख्यामा कर्मचारी (सूचनासहित हेर्नुहोस्)


  • आइतबार, असार १९ २०७९
8.7K
SHARES

फाइल तस्विर

१९ असार, काठमाडौँ ।

नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक (असई) र जवान पदमा थप विज्ञापन खुलेको छ ।

प्रहरी प्रधान कार्यालयले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरूमा २ हजार ९१७ जना कर्मचारी माग गरेको हो ।

आइतवार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कर्मचारी माग गरेको हो । पहिले माग गरेको संख्यामा यस दिन थप गरेर कर्मचारी माग गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त विज्ञापन गत साल नै प्रकाशित भए पनि रोकिएको थियो । गत २०७८ असोज २२ गते प्रकाशित विज्ञापनमा ३६७ जना असई माग गरिएको थियो । त्यसमै ७६ जना थप गरी हाल कुल ४४३ जना असई माग गरेको उक्त सूचनामा जनाइएको छ ।

यद्यपि उक्त थप गरिएको संख्याका लागि पुनः नयाँ उम्मेदवारहरूले आवेदन दिन पाउने हो या होइन भन्नेबारे केही खुलाइएको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा