धराने जनतालाई पानी खुवाउने प्रतिबद्धता जनाएर स्वतन्त्र रूपमा मेयर जितेका हर्क अहिले रात दिन खटेर धराने जनतालाई पनि खुवाउन मैदानमा उत्रिएका छन् ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अगुवाइमा धरान २० स्थित पकुवाखोलामा खानेपानीका लागि सयौँ स्थानीयवासीले श्रमदान गरेका छन् । पूर्वनिर्धारित योजनाअनुसार हरेक शनिबार एक दिन सो खोलामा पुगेर खानेपानीको मुहानमा ढुङ्गा बोक्ने र ‘इन्टेक ’बनाउने काममा उनीहरु खटिएका हुन् ।
शनिबार सोही क्षेत्रमा वृक्षारोपण पनि गरिएको छ । पकुवाखोला क्षेत्रमा करिब २५० विभिन्न जातका फलफूल र बाँसलगायतका बिरुवा रोपिएको छ । पछिल्लो समय धरानमा खानेपानीको समस्या हुँदै आएको छ । खानेपानी अभाव टार्न नगरप्रमुख साम्पाङले खानेपानीको स्रोत खोजी गर्न उच्च प्राथमिकता दिएका छन् ।
पकुवाखोलाको पानी उपयोग गर्न यसको सङ्कलनका लागि ‘इन्टेक’ बनाउने काम भइरहेको उनले जानकारी दिए । विशेष गरी खानेपानीको मुद्दा उठान गरी स्वतन्त्रबाट नगरप्रमुखमा निर्वाचित भएपछि उनले खानेपानी व्यवस्थापनका लागि ध्यान दिइरहेका छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।