शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

आज जनार्दन र बर्षमानको अन्तिम भिडन्त !


  • आइतबार, असार १९ २०७९
8.1K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । उक्त बैठकले रिक्तरहेका पदाधिकारीहरुको टुंगो लगाउने छ ।

पार्टीको मेरुदण्ड मानिने महासचिव पदका लागि दुई नेता लड्दा पदाधिकारी टुंगिन सकेको थिएन । आएज यसको टुंगो लाग्ने नेकपा माओवादी केन्द्र श्रोतको भनाई छ । पार्टी कार्यालयमा बस्ने केन्द्रीय समितिको बैठकले महासचिवका लागि अर्थमन्त्री जनर्दन शर्मा र पूर्वअर्थमन्त्री बर्षमान पुन मध्ये १ जनालाई चयन गर्ने छ ।

उनीहरु दुवैले नछोडे निर्वाचन हुने सम्भावना पनि छ । पटक पटक स्थगित हुँदै आएको केन्द्रीय समितिको बैठकले आजभने सबै पदाधिकारीको टुंगो लगाउने पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

आजको बैठकले केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविधाजन सहितका निर्णय गर्ने कार्यसूचीमा रहेको सचिव ढकालले जानकारी दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा