मंगलबार, साउन ३१ २०७९
ताजा अपडेट

जिपी कलेजले गर्यो गिरिजा प्रसाद कोइरालाको ९९औँ जन्म जयन्ती कार्यक्रम (फोटो फिचर)


  • KTM Khabar
  • शनिबार, असार १८ २०७९
1.7K
SHARES

१८ असार, काठमाडौँ ।
काठमाडौँको सिफलमा रहेको गिरिजा प्रसाद कोइराला (जिपी ) कोइराला मेमोरियल (सामुदायिक) क्याम्पसले गिरिजा प्रसाद कोइरालाको जन्म जयन्ती विशेष कार्यक्रम आयोजना गरेको छ । शनिवार एक कार्यक्रमको आयोजना गर्दै काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री स्वं. गिरिजा प्रसाद कोइरालाको ९९औँ जन्म जयन्ती मनाएको हो ।

मित्रपार्कमा रहेको गोल्डेन लाइट पार्टी प्यालेसमा विद्यार्थी तथा आमन्त्रित अतिथिको साथमा बिहान ८ बजेदेखि जन्म जयन्ती कार्यक्रम गरेको थियो ।

नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको प्रमुख आतिथ्ययतामा कार्यक्रम गरिएको हो । यस्तै क्याम्पसका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधानको सभापतित्वमा कार्यक्रम गरिएको थियो । भने कार्यक्रममा बागमती प्रदेश सदस्य माननीय न्हुच्छे नारायण श्रेष्ठ, काठमाडौँ महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विमल कुमार होडा, देउडा गायक नन्दकृष्ण जोशी, निमित्त क्याम्पस प्रमुख शिव अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवातमा स्वं. कोइरालाको तस्बिरमा माल्यार्पण गरिएको थियो । सो पश्चात् जिपी कलेजका संस्थापक तथा नवनिर्वाचित वडाध्यक्ष होडालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख अधिकारीले देशभरका विद्यार्थीको उत्कृष्ट शैक्षिक गन्तव्य जिपी बनेकोमा विश्वास व्यक्त गरे । उनले भने, जिपीमा तिन हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । देशको अग्रणी नेता, शान्ति पिता, राजनेता स्वं. गिरिजा प्रसाद कोइरालाको नाममा स्थापना भएको कारण पनि विद्यार्थीहरूको रोजाई बन्नेको हुन सक्छ । हामीले विद्यार्थीहरूको चौतर्फी विकासका निम्ति शैक्षिक क्रियाकलाप गराई रहेका हुन्छौँ । विशेष गरी सीप र संकारलाई जोड दिँदै जिपीले आफ्ना शैक्षिक गतिविधि गरिरहेको छ । जसको परिणाम विद्यार्थीको रोजाइको क्याम्पस बनेको छ । आशा छ विद्यार्थीको यो साथ पाइरहने छौँ ।

यस्तै, कार्यक्रमका प्रमुख अतिथि एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बडूले गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताए । नेताहरूको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व. नेता कोइराला आदर्श र मूल्यमान्यताको प्रतीक भएकोले उनको नाममा जी.पी. कोइराला विश्व विद्यालयको स्थापना आवश्यक रहेको बताएका हुन् ।

मन्त्री बडूले भने, ‘अब एउटा जीपी कोइराला विश्व विद्यालयको स्थापना आवश्यक छ । विभिन्न नेताहरूको नाममा छन् । तर जीपी कोइराला एउटा मान्यता हो । एउटा आदर्श, मूल्य,मान्यताको प्रतीक पनि हो । त्यस कारण गिरिजाप्रसाद कोइरालाको नामबाट हामीले एउटा विश्व विद्यालय बनाउन आवश्यक छ । जसले उत्कृष्ट विश्वविद्यालयको रूपमा आफूलाई स्थापित गर्ने उद्देश्यका साथ स्थापना गर्न सरकार अवश्य पनि सहयोग गर्छ । व्यक्तिगत रूपमा म आफू पनि सहयोग गर्छु । गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा रहेको सरकार जसमा पनि मन्त्रीमण्डलको सदस्य थिएँ । त्यस बेला हामीले पहिलो विश्व विद्यालय काठमाडौँ विश्व विद्यालय खोलेका हौँ । त्यसपछिको एउटै उद्देश्य थियो, शिक्षामा अब प्रतिस्पर्धा आवश्यक छ । शिक्षा क्षेत्रको प्रतिस्पर्धाका कारणले आज इन्जिनियरिङ र मेडिकल कलेज कति वटा छन् । व्यवस्थापनका क्षेत्रमा एक सय एक प्रतिस्पर्धा छ । यो नीति नेपाली काँग्रेसको थियो । हामीले बहु विश्व विद्यालयको नीति अन्तर्गत खोलेका विश्व विद्यालयले आफ्नो प्रतिस्पर्धा रिजल्टमा देखाइरहेका छन् । त्यसैले क्षमतासहितको प्रतिस्पर्धी, उत्कृष्ट आदर्श र उद्देश्य राखेर हामीले स्थापना गर्ने विश्व विद्यालय अवश्य पनि हामी सबैका निमित्त गौरवको विषय हुन्छ ।’

मन्त्री बडूले क्षमतासहितको प्रतिस्पर्धी, उत्कृष्ट, आदर्श र उद्देश्य राखेर जी.पी. कोइराला विश्व विद्यालय स्थापना गर्न सरकार सहयोगका लागि तयार रहेको प्रतिबद्धता जनाए ।

कार्यक्रम बिहान ८ बजेदेखि दिउसो १ बजेसम्म सञ्चालन भएको थियो । भने कार्यक्रमलाई क्याम्पस प्राध्यापक डबल बहादुर (डिबी) बोहराले सञ्चालन गरेका थिए ।

तस्विर: केटिएम खबर


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा