काठमाडौं – नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको पार्टी गठन भएको एक हप्ता नपुक्दै निष्कासित भएका छन् । अभियानमा आबद्ध चार वटा पार्टीको बहुमतबाट वामदेवलाई निष्कासन गरीएको हो।
गौतमको ठाउँमा युवराज सफललाई संयोजक बनाइएको छ । वामदेव नेतृत्वमा सो अभियानले पार्टीको आकार लिएको एक साता पनि पुगेको छैन ।
अभियानको ६९ सदस्यीय केन्द्रीय समितिको बहुमत आफूहरूसँग रहेको भन्दै उनीहरूले गौतममाथि विभिन्न पाँच बुँदे आरोप समेत लगाएका छन् ।
गौतममाथि सांगठानिक अराजकता, तानाशाही शैली र अराजनीतिक व्यवहार प्रस्तुत गरेको तथा आफूहरूको आडमा शक्ति बनाई त्यसको चरम दुरुपयोग गरेको आरोप उनीहरूले लगाएका छन् । गौतमको पार्टीमा विभिन्न चार घटक मिसिएका थिए ।
उनले केपी ओली,प्रचण्ड,माधव नेपाल लगायतका नेताहरूलाई भेटेर वाम एकताको प्रस्ताव राखे लगत्तै एकलौटी गरेको भन्दै चार घटकले निष्कासन गरेका हुन् ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।