मंगलबार, साउन ३१ २०७९
ताजा अपडेट

असहाय, बेवारिसे र अशक्तहरुका लागि भगवान बनेर निस्के बालेन, आजै गरे यस्तो बोर्ल्ड निर्णय !


  • KTM Khabar
  • शुक्रबार, असार १७ २०७९
2.1K
SHARES

फाइल तस्विर

काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा भीख माग्न रोक लगाएको छ । महानगरले सडक,गल्ली,पार्क,बस बिसौनी,सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक स्थानमा भीख माग्न रोक लगाएको हो ।

असहाय,बिरामी, बेवारिसे, अशक्तलगायतले पनि सडकमा बसेर भीख माग्न नपाइने महानगरको सूचनामा उल्लेख भएतापनि त्यस्ता व्यक्तिका लागि महानगरले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्ने भएको छ ।

साधु,सन्त,जोगी वा भिक्षुलाई सनातनदेखि चलिआएको परम्पराअनुसार घर घरमा पुगी भिक्षा माग्न वा कुनै धार्मिक तथा सांस्कृतिक कार्यमा भिक्षा माग्न भने निषेध नगर्ने महानगरले जनाएको छ।

तर बालबालिकालाई गीत गाउने,नाच्ने,खेल्ने वा कुनै काम गर्ने बहानामा भीख माग्न वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम र ज्याला दिएर भीख माग्न दुरुत्साहन नगर्न आग्रह गरिएको छ । यदी त्यस्तो माग्गेरैमागेरै खानुपरे बाद्यता छ भने महानगरले कसैलाई पनी भोको नराख्ने र उचित ब्यबस्थापन गर्ने समेत उल्लेख गरिएको छ ।

‘बालबालिकालाई गीत गाउने,नाच्ने,खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न दुरुत्साहन नगर्न तथा नगराउन काठमाडौँ महानगरपालिका नगरसभा ११औं अधिवेशनबाट स्वीकृत नीति समेतका आधारमा यो सूचना प्रकाशित गरिएको छ,’ महानगरको सूचनामा उल्लेख छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा