मंगलबार, साउन ३१ २०७९
ताजा अपडेट

प्रधानमन्त्री देउवामाथि आइलाग्यो आजसम्मकै ठुलो आपत्, एक्सनमा उत्रिए कोइराला !


  • KTM Khabar
  • शुक्रबार, असार १७ २०७९
1.4K
SHARES

फाइल तस्विर

काठमाडौँ – विहिबार अनुपम फुड ल्याण्डको भेलामा आएका एक नेताको देउवालाई पनि धेरै घमण्ड बढे पूर्वराजा ज्ञानेन्द्र शाहकै हालत बनाइदिने चेतावनी दिएका छन् ।

उनले यो भेलाले बिग्रिने दिशातिर गएको पार्टीलाई दुरुस्त बनाउने तर्क रावलले गरेका छन्।यो भेलाले पार्टीलाई ठीक र दुरुस्त बनाउँछ। पार्टीको यो भेलाले आगामी निर्वाचनमा बहुमत ल्याउन पनि बाटो देखाउँछ उनले भने, ‘पार्टीलाई संस्थागत रुपमा चलाउन गरिएको आग्रहविपरीत देउवाले दम्भ र अहंकार देखाए भने गाह्रो हुन्छ।’

नेपाली काग्रेसको १४ औँ महाधिवेशन सकिएको ६ महिना पछि आन्तरिक किचलो फेरी सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको चाला ठिक नभएको भन्दै शेखर कोइराला पक्ष देउवा विरुद्ध एक्सनमा उत्रिएका छन् । सभापति देउवामा अहमता दम्भ र हंकार एकालुती हालीमुलाली गर्न खोजेको आरोप लगाउँदै एक्सनमा उत्रिएका हुन्।

स्थानिय चुनाव आसपास देखी चुपचाप जस्तै देखिएको शेखर कोइराला पक्ष निर्वाचन सकिए पस्चात देउवाको कार्यसैली प्रति असन्तुष्ट हुदै आएका छन्।

कोइराला पक्षले देउवा माथी दबाव बढाउँनैका लागी समानान्तर अभ्यास समेत थालेको छ । पार्टी देखी सरकार संचालन कुनै पनि कुरामा शेखर पक्षले देउवाको पारा मन पराएका छैनन् ।

कोइराला पक्षलाई देउवाको पारा मन परेको छैन त्यसैले पनि त्यो समूह देउवाप्रति चरम आक्रोशित रहेको छ।

उनले दम्भ र अहंकारका कारण राणादेखि राजसम्म नकिटेको बताए। दम्भ र अहंकारले राणा, राजा अनि अहिले ज्ञानेन्द्र शाह पनि टिकेनन्’, उनले भने, ‘उहाँले एकलौटी गर्नु भएको छ। स्थानीय तहको चुनावमा पनि मनपरी रुपमा प्रदेश समितिलाई पनि निर्देशन दिने काम भयो। आफ्नो मान्छेले टिकट पाएमा ती कार्यकर्तालाई पक्षपोषण गर्ने तर अर्को खेमाकोले टिकट पाउँदा हराउने काम भएको छ।’

उनले यो किसिमको संस्कृतिले पार्टीलाई ठीक ठाउँमा नलाने पनि बताए।यो पार्टी बनाउन धेरैले रगत बगाएका छन्। दुस्ख पाएका छन्। यो पार्टीको माया गर्ने मान्छेले नबिग्रियोस् भनेका हुन्, उनले भने, पार्टी दुर्घटनामा नपरोस् भन्नका लागि सचेत गराउन यो भेला गरिएको हो। यो कुरा पार्टीले बुझ्न सक्नुपर्छ। वास्तविक कांग्रेस बनाएर बहुमत ल्याउने दबाब दिन यो भेला गरिएको हो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा