एजेन्सी – विश्वलाई चकित पार्दै युक्रेनले रुससँगको युद्द जितेको छ । युक्रेनको डोनबास क्षेत्रमा लगातार विजय प्राप्त गरिरहेको रुसलाई कृष्ण सागरमा रहेको सर्प टापु (स्नेक आइल्यान्ड) मा युक्रेनले सानदार जित निकालेको हो ।
युक्रेनीहरूले जिमिनी टापु भन्ने गरेको त्यस क्षेत्रबाट रुसीहरूलाई हटाउनका लागि लामो समयदेखि प्रयास गर्दै आएका थिए । अन्ततोगत्वा बुधवार (२९ जुनमा) उनीहरू सफल भएका हुन् । भूउपग्रहीय तस्वीर हेर्दा उक्त टापुमा रहेका रुसी सैन्य उपकरणहरू ध्वस्त भएको देखिन्छ ।
सोमवार नै त्यहाँ रहेको रुसको पंतसिर–एस१ हवाई प्रतिरक्षा प्रणाली ध्वस्त भएको थियो । रुसी सञ्चारमाध्यमहरूमा आएका रिपोर्टअनुसार, कम्तीमा एउटा पंतसिर प्रणाली पूरै क्षतविक्षत भएको छ भने अन्य हतियारहरू ध्वस्त नभए पनि तिनलाई त्यहाँबाट हटाउन रुसीहरू बाध्य भएका छन् ।
युक्रेनी सञ्चारमाध्यमहरूले उक्त टापुमा रहेका रुसी सुरक्षाफौजहरू आफ्नो पोजिसन छोडेर भागेको र टापुमा रहेका आफ्ना सैन्य सामग्रीहरू पनि जलाएको खबर दिएका छन् । भूउपग्रहीय तस्वीर हेर्दा उक्त टापुका विभिन्न क्षेत्रमा आगो लागेको पुष्टि हुन्छ । युक्रेनी क्षेप्यास्त्र आक्रमणका कारण आगो लागेको हो कि रुसीहरू आफैंले आगो लगाएका हुन् भन्ने स्पष्ट छैन ।

टापुमा द्रुत गतिमा चल्ने पाँचवटा डुंगाहरू पनि देखिएको युक्रेनी सञ्चारमाध्यमहरू लेख्छन् । ती डुंगामा बसेर रुसी सैनिकहरू भागेको उनीहरूको दाबी छ । रुसले त्यसलाई पुष्टि गर्दै उक्त टापुमा रहेको आफ्नो सैन्य तैनाथी फिर्ता लिइएको जनाएको छ । आफूहरूले गरेको भीषण आक्रमणको सामना गर्न नसकी रुसीहरू स्नेक आइल्यान्डबाट भागेको युक्रेनको दाबी छ ।
युक्रेनी प्रत्याक्रमण पनि सफल हुँदैछ भन्ने सन्देश दिन यो घटना महत्त्वपूर्ण छ । उक्त टापुको रणनीतिक महत्त्वलाई पुष्टि गर्ने गरी रुसले युक्रेनविरुद्ध सैन्य कारवाही चलाएको पहिलो दिन अर्थात् फेब्रुअरी २४ मा नै स्नेक आइल्यान्ड कब्जामा लिएको थियो ।
यो टापु कब्जामा लिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको दुप्तचर सस्थासँगको सहकार्यमा कारवाही गरेका थिए । सुरुवाती दिनहरुमा आफ्नै तरिकाले लड्न खोजेपछि असफल भएका जेलेस्की अहिले अमेरिकाको निर्देशनमा मैदानमा उत्रिदा सफल भएका हुन् ।