शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाब चिन्ह के भयो ?


  • शुक्रबार, असार १७ २०७९
8K
SHARES

१७ असार, काठमाडौं ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । उनले असार ७ गते आज राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए।

पत्रकार सम्मेलन गरेर लामिछानेले आफ्नो पार्टी निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीकै नाममा दर्ता भएको जानकारी गराए । त्यस्तै चुनाव चिन्ह गोलाकारभित्र घन्टी पाएको बताए ।

राजनीतिक दलको नाममा स्वतन्त्र शब्द राख्न नपाइने भन्दै कतिपयले निर्वाचन आयोगमा उजुरी समेत दिएका थिए । लामिछानेले आयोगमा दल औपचारिकरुपमा दर्ता भएसँगै अब जनताको बीचमा जाने बताए।

‘राजनीतिक दल दर्ता भएको छ। अब जनताको बीचमा जानुपर्ने हुन्छ,’ आयोग परिषरमा उनले भने, ‘हामीले थोरै कुरा मात्रै भन्न पाएका छौं । अब हामी पार्टी निर्माण गर्न जनतामा जान्छौं र आफ्ना कुरा भन्दै जान्छौं ।’

राष्ट्रिय स्वतन्त्र पार्टीमा २१ जनाको केन्द्रीय समिति रहेको छ । समितिमा रहेका नाम अब औपचारिकरुपमा सार्वजनिक गरिने लामिछानेले जानकारी दिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा