सोमबार, साउन ३० २०७९
ताजा अपडेट

‘घण्टी’को विकल्प खोज्दै रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी


  • KTM Khabar
  • शुक्रबार, असार १७ २०७९
1.7K
SHARES

सञ्चारकर्म छाडेर राजनितिमा होमिएका रवि लामिछानेको नेतृत्वमा घोषित राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव ‘घण्टी’को विकल्पमा अर्काे चिह्नको खोजि गरेको छ । निर्वाचन आयोगले ‘घण्टी’ चिह्न फ्रिज गरेको १ वर्ष समय नपुगेका कारण राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सम्भवाना न्यून छ ।

स्वतन्त्र पार्टीका प्रवक्ता डा मुकुल ढकालले घण्टीको विकल्प सोचेको बताए ।

घण्टी चुनाव चिन्ह राष्ट्रवादी पार्टीका नाममा दर्ता भएको थियो । उक्त पार्टी २०७८ मंसिर ३० गते नेपाल सद्भावना पार्टीमा गाभिएपछि घण्टी चुनाव चिन्ह अहिले फ्रिज हुने प्रक्रियामा छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ७ को प्रावधानअनुसार ‘दल एकीकरण भएको वा गाभिएकोमा एकीकरण हुनु वा गाभिनुअघि त्यस्ता दलले प्रयोग गरेको नाम, झण्डा वा चिह्न एकीकरण भएको वा गाभिएको मितिले १ वर्षसम्म कसैले पनि प्रयोग गर्न सक्ने छैन’ भन्ने व्यवस्था छ ।

यसबारे उनले भने, ‘ हामीले घण्टी चुनाव चिन्हको विकल्पमा पनि सोचिराखेका छौं । आयोगले घण्टीको विकल्पमा चुनाव चिन्ह पेस गर्ने भनेको अवस्थामा हामीसँग विकल्प छन् ।’ तर अहिले नै विकल्प यो हो भनेर सार्वजनिक गर्ने पक्षमा नरहेको बताए ।

प्रवक्ता ढकालले भने, ‘पहिला आयोगलाई निर्णय गर्न दिउ । हामीले प्रस्ताव गरेको चुनाव चिन्हबारे आयोगको निर्णय आउला । हामी त्यही अनुसार अगाडि बढ्ने सोचमा छौं ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा