मंगलबार, साउन ३१ २०७९
ताजा अपडेट

प्रचण्ड र माधवको एउटै कुराले बढायो बामदेव गौतमको आँट !


  • KTM Khabar
  • शुक्रबार, असार १७ २०७९
1.5K
SHARES

तस्विरः फाइल

काठमाडाैँ – नेकपा एकता अभियान भनेर श्रीमती , छोरो देखी पिए सम्मलाई समेटेर नयाँ पार्टीनै घोषणा गरे पछि बामदेव गौतमको सक्रियता ह्वात्तै बढेको छ । गौतमले एकै दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली , माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल सँग भेटघाट गरेका छन् ।

गौतमले सबैभन्दा पहिले एमाले अध्यक्ष ओली त्यस पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल सँग भेट गरी आफ्ना कुराहरु राखे पछि गौतम उत्साहित देखिइएका छन् । तीनै जना नेतालाई भेटे पछि उनले तत्कालनै नयाँ कदम चाल्न लागेका छन् ।

एमाले अध्यक्ष ओेलीले गौतमको प्रस्तावमा कुनै जवाफ नदिएको तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले भने जुन सुकै विकल्पमा पनि कुरा गर्न तयार रहेको भन्दै उत्साहित बनाएर पठाएको गौतम निकट स्रोतको दाबी छ ।

नवगठित नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सचिवालय बैठक बोलाएका छन् । आफ्नै निवास भैंसेपाटीमा शुक्रबार दिउँसो तीन बजे सचिवालय बैठक बोलाएको प्रवक्ता निमकान्त पाण्डेले जानकारी दिए ।

संयोजक गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेपछि सचिवालय बैठक बोलाएका हुन् । ओली, प्रचण्ड र नेपालकै निवास पुगेर गौतमले भेटवार्ता गरेका थिए ।

तीनै जना अध्यक्षलाई गौतमले वाम एकता र एकता सम्भव नभए चुनावमा तालमेलको प्रस्ताव राखेका छन् । ‘हाम्रो जोड नेकपा पुनर्स्थापना नै हो । तर त्यो सम्भव नभए चुनावमा तालमेल गर्ने हो’ पाण्डेले भने, ‘सबैसँग सम्भव नभए मन मिल्नेहरुबीच एकता वा तालमेल गर्ने हो ।’

गौतमले ओली, प्रचण्ड र नेपालसँग लिखित प्रस्ताव नै बुझाएका छन् । गौतमलाई प्रचण्ड र माधवले भने सकारात्मक जवाफ दिएका छन् । ‘सबै विकल्पमा प्रचण्ड र माधव कमरेड तयार हुनुहुन्छ । तर केपी ओलीले भने कुनै जवाफ दिनुभएन’, गौतमलाई उद्धृत गर्दै पाण्डेले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा