मंगलबार, साउन ३१ २०७९
ताजा अपडेट

महाधनाढ्य विनोद चौधरीले पर्यो अर्को फसाद, रोजेको निर्वाचन क्षेत्रमा कांग्रेसकै अर्का नेताले गरे दाबी !


  • KTM Khabar
  • शुक्रबार, असार १७ २०७९
1.7K
SHARES

फाइल तस्विर

संसदीय चुनाव नजिकिदैछ । यसको चर्चा परिचर्चा पनि सुरु भएको छ । यसैबीच, टिकट पाउन पार्टीभित्र ठूलै संघर्ष गर्नुपर्ने देखिन थालेको छ । नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीले रोजेको क्षेत्रमा कांग्रेसकै अर्का चर्चित नेताले समेत उम्मेदवारी घोषणा गरेका हुन् ।

अर्का कांग्रेस नेताको दाबी पेश पनि टिकट पाउन विनोद चौधरीलाई चुनौती थपिएको चर्चा चल्न थालेको छ । नवलपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फबाट उम्मेदवार बन्ने घोषणा गरेका उद्योगपति विनोद चौधरीलाई नेपाली कांग्रेसका युवा नेता शङ्कर तिवारीले चुनौती दिएका छन्।

केही दिन अगाडि मात्रै चौधरीले केही पत्रकारहरूलाई भिभान्तामा बोलाएर आफू प्रत्यक्ष राजनीतिमा संलग्न हुने र समानुपातिकबाट सांसद नहुने घोषणा गरेका थिए।

त्यस लगत्तै उनले नवलपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने सार्वजनिक गरेका थिए। कांग्रेसका युवा नेता तिवारीले मङ्गलवार सामाजिक सञ्जालमा लेख्दै नवलपुर २ बाट सांसदको उम्मेदवार बन्न आफ्नो समेत दाबी रहेको लेखेका छन्।

उनले स्थानीय निर्वाचनले अभूतपूर्व राजनीतिक परिवर्तनको सन्देश दिएको बताउँदै राष्ट्रिय राजनीति र नवलपुरको राजनीतिक सरगर्मी समेत ह्वात्तै बढेको उल्लेख गरेका छन्।

गत निर्वाचनमा नवलपुर २ मा कांग्रेस तर्फबाट उपविजेता बनेका विष्णु कार्कीको स्थानीय रूपमा लोकप्रियता निर्विवाद रहेको भन्दै उनले व्यवसायी विनोद चौधरीले पनि आफ्नो प्रत्यक्ष तर्फको आकाङ्क्षा नवलपुर २ मा रहेको घोषणा गरेको लेखेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा