मंगलबार, साउन ३१ २०७९
ताजा अपडेट

राजेश हमाल किन पुगे खुमलटार ?


  • KTM Khabar
  • शुक्रबार, असार १७ २०७९
1.8K
SHARES

नेपालि चलचित्र क्षेत्रका महानायक राजेश हमाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटबार्ताका लागि खुमलटार पुगेका छन् । महानायक हमाल आज बिहान साढे ८ बजे प्रचण्डलाई भेट्न एक्लै उनको निवास खुमलटार पुगेका थिए ।

राजनीति र चलचित्रका दुई हस्तीबीच करिब आधा घन्टा सौहार्द कुराकानी भएको छ । भेटघाटको समन्वय गरेका माओवादी निकट संगीतकार चेतन सापकोटाले चलचित्र क्षेत्रदेखि राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनीतिबारे चर्चा-परिचर्चा भएको जानकारी दिए ।

पछिल्लो समयमा विदेशी चलचित्र, खासगरी भारतीय र दक्षिण भारतीय चलचित्रले नेपाली चलचित्र उद्योगलाई पुर्‍याइरहेको असरप्रति हमालले प्रचण्डको ध्यानाकर्षण गराएका थिए । सरकारले विदेशी विलाशिताका वस्तुहरुको आयातमा रोक लगाउने निर्णय गर्दा त्यसमा विदेशी चलचित्रलाई नसमेटेकोमा हमालले असन्तुष्टि व्यक्त गरेका थिए ।

‘विदेशी चलचित्रका कारण नेपाली चलचित्र उद्योग अप्ठेरो अवस्थामा पुगेकोबारे हमालले ध्यानकर्षण गराउँदा प्रचण्ड गम्भीर देखिनुभएको थियो’, सापकोटाले भने ।

भेटवार्ताका क्रममा नेपालको राजनीतिक विषयवस्तुबारे पनि कुराकानी भयो । हमालले एमसीसीदेखि एसपीपी र बीआरआईसम्मका विषयमा आफ्नो धारणा राखेका थिए । प्रचण्डले उनको बुझाइमा आफ्नो समर्थन रहेको बताए । यस्तै श्रीलंकामा हाल उत्पन्न भएको संकटका विषयमा पनि कुराकानी भएको थियो ।

स्रोतका अनुसार राजेश हमालको भित्री चाहना कुनै देशको राजदूत बन्ने छ । यसकै निम्ति प्रचण्डसँग उनले हिमचिम बढाउन खोजेका हुन् । राजेश हमालका बुवा पनि राजदूत थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा