सत्ता साझेदार दल जनता समाजवादी पार्टीले विभाजनको रेखा कोरेको छ । संघीय परिषद् अध्यक्ष डा: बाबुराम भट्टराई र कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवबीचकोे विवादले जसपा दुर्घटना नजिक पुगेको जसपाका दोस्रो तहका नेताहरुको बुझाइ छ । यो विवादमा वरिष्ठ नेता अशोक राई भने मौन बसेका छन् ।
विवाद कतिसम्म गहिरिएको छ भने कार्यकारिणी अध्यक्ष यादवले सोमबार साँझ काठमाडौंको एक होटलमा बोलाएर आफू निकट कार्यकारिणी सदस्यहरुको बैठक गरे । उक्त बैठकले वर्तमान सरकारमा रहेका मन्त्रीहरू फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने र मन्त्री छान्ने एकल अधिकार यादवलाई दिएको छ । यस्तै, असारभित्रै केन्द्रीय समितिको बैठक डाक्ने र पार्टी विरोधी गतिविधि गर्नेहरुलाई कारवाही गर्ने अधिकार पनि यादवले नै लिएका छन् ।
३३ मध्ये १९ जना कार्यकारिणी सदस्य उक्त बैठकमा उपस्थित रहेको यादव निकट नेता मृगेन्द्रकुमार सिंह यादवले जानकारी दिए ।
बैठकको मुख्य उद्देश्य संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कमजोर बनाउनै रहेको यादव निकट नेताहरु बताउँछन् ।
पार्टीभित्र अहिले यादव वा भट्टराई को शक्तिशाली भन्ने ‘जुँगा’को लडाईँ छ । अझ स्थानीय तह निर्वाचन पश्चात् विवादले अझ बढी स्थान लिएको छ । सांसदसमेत रहेका केन्द्रीय नेता मृगेन्द्रकुमार सिंह यादव अध्यक्ष भट्टराई पार्टी विरोधी गतिविधिमा सक्रिय भएकाले कठोर कदम चाल्ने स्थितिमा आफूहरु पुगेको बताउँछन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।