शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

भेटियो सक्कली मोटरसाइकल


  • बुधबार, असार १५ २०७९
10.2K
SHARES

१५ असार, काठमाडौँ ।

कठमाडौँ गौशाला चोकमा एउटै नम्बरको दुई वटा मोटरसाइकल फेला परेपछि ट्राफिक प्रहरीले अनुसन्धान थालेको छ । बुधबार एउटै नम्बरको दुई वटा मोटरसाइकल एकैठाउँमा भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले अनुसन्धान थालेको हो ।

तस्बिरमा दुबै मोटरसाइकलको नम्बर बागमती प्रदेश ०२-०२२ प २३८० लेखिएको देखिन्छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सञ्जीव शर्मा दासले सक्कली नम्बर भएको मोटरसाइकल फेला परेको तर नक्कली नम्बरको मोटरसाइकल भने खोजीकार्य भइरहेको जानकारी दिए ।

उनले भने,‘खोजीकार्य गरेपछि सक्कली नम्बरको बाइक फेला पारेका छौँ,नक्कली बाइकको खोजी भइरहेको छ । बाइक नम्बर कसरी मिल्यो भन्ने विषयमा अनुसन्धान गरेपछि मात्रै थाहा हुने उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा